विराटनगरः नपाली कांग्रेसले प्रदेश एक सरकारको कोभिड-१९ को तयारीको बारे असन्तुष्टी व्यक्त गर्दे कोरोना जनसुरक्षा कोषको रकम दुरुपयोग भएको आरोप लगाएको छ ।
प्रदेश एक संसदको छैटौँ अधिशेवनको चौथो बैठकमा विशेष समय लिएर बोल्दै प्रमुख सचेतक केदार कार्कीले गरिब जनताको पेटमा पुुगोस् भनेर संकलन भएको रकममध्ये ५० लाख मिडिया हाउसलाई किन दिइएको भन्दै आपत्ति प्रकट गरे । उनले प्रदेश एक सरकारले मिडियालाई पैसा दिए मुख थुुन्न लागेको आरोप समेत लगाएका छन् । ‘बरु स्वास्थ्यकर्मी र सुरक्षाकर्मी जस्तै कोभिड संक्रमणको अवस्थाको रिपोर्टिङ गर्न फ्रन्ट लाइनमा खटिएका संचारकर्मीलाई सहयोग गरेको भए हुन्थ्यो,’ उनले भने, ‘प्रदेश सरकारले सरासर गलत काम गरेका छ । केन्द्र सरकार र यति धेरै सँघ संस्थाले कोरोना सचेतनाका लागि प्रचार गरिरहेका बेला यति ठुलो रकम किन खर्च गरियो ?’
सरकारका पछिल्ला गतिविधिले ब्रह्मलुट मच्चाइरहेको तर्क गरे । कोभिड १९ सँग जुध्न संयन्त्र चुस्त भएको मुुख्यमन्त्रीले दाबी गरे पनि धरानका पछिल्ला दुर्इ घटनाले सरकारको तयारी उदांगो भएको टिप्पणी गरे । उनले शुक्रबार राती झापाबाट आएका कोभिड १९ संक्रमितको विपी प्रतिष्ठानमा विजोग भएको कुराले सरकारलाई लाज लाग्नुुपर्ने तर्क गरे । त्यस्तै धरानकै संक्रमित एक महिलालाई १८ घण्टासम्म अस्पताल पुर्याउन एम्बुलेन्स नपाइनुु र सरकारले व्यवस्था नगर्नुले यहाँ भन्दा गैरजिम्मेवार सरकार नभएको आरोप लगाए । उनले ब्यंग गर्दे भने ‘यो सरकार यति धेरै व्यवस्थित देखियो कि प्रशंसा नगरी रहन सकिएन । गाली गरौँ भने हामीलाई चिल्न बेर छैन ।’