इटहरीः जनता समाजवादी दल इटहरी कमिटिले इटहरी उपमहानगरपालिकाको हिसाब सार्वजनिक गर्न माग गरेको छ ।
आज इटहरीमा पत्रकार सम्मेलन गर्दै उक्त पाटिका नेता कार्यकर्ताले कोेभिड १९ रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको खर्चको पारदर्शि हिसाब सार्वजनिक गर्न माग गरेको छ । जनताको करबाट संचालित निकायले जिम्मेवारपुर्णढंगले कहाँ कति कति रकम खर्च भएको छ देखाउन माग गरिएको पाटिका नगर अध्यक्ष डिल्लि सुुब्बाले जानकारी दिए । ‘यो सार्विजनिक सरोकारको दायित्व हो ।’ उनले भने ‘इटहरीका जनप्रतिनिधिले खर्च गरेको देख्दा ढुुक्क हुने ठाउँ देखिँदैन ।’
पाटीले इटहरी क्षेत्रको क्वारेन्टिनको व्यवस्थापन विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार नभएको भन्दै त्यसलाई तुरुन्त मापदण्ड अनुसार बनाउन माग गरेको छ भने इटहरी क्षेत्रमा वितरण गरिएको राहत पारदर्शि नभएको आरोप लगाएको छ । पाटीका केन्द्रिय सदस्य पदम अधिकारीले विपतमा स्थानीय सरकारको भुमिका उल्लेखिय भए पनि अनियमितताको गन्ध आएको बताए । उनले आफ्नो पाटीले सम्पुर्ण लेखाजोखा राखेको भन्दै सरकारी तवरबाट नगरले पहिले आफ्नो खर्चको विवरण सार्वजनिक गर्न चुुनौती दिए ।