धरान: केन्द्रीय प्रविधि क्याम्पस अनेरास्ववियु इकाई कमिटीले क्याम्पसको खाली जग्गामा बृक्षारोपण गरेको छ ।

क्याम्पसको भिरालो र पाखा जग्गामा बिभिन्न ४० प्रजातिका वोट बिरुवा रोपेको हो । लकडाउनमा धरानमा रहेका विद्यार्थीहरु जम्मा भएर प्रशासनसंग सहकार्य गरी वृक्षारोपण गरिएको अनेरास्ववियु क्याम्पस सहसचिब पेशलराज कार्कीले बताए । रुद्राक्ष, चिउरी, कटहर, शिरिस तथा जामुन प्रजातिका विरुवा रोपिएको समेत उनले बताए । अनेरास्ववियु सकारात्मक कामका लागि जस्तो सुकै परिस्थितीमा पनि बिद्यार्थी र क्याम्पसलाई सहयोग गर्न तयार रहेको ईकाई अध्यक्ष अशिष प्रधानले बताए ।

स्नातक दोश्रो बर्षमा वनस्पति शास्त्र अध्ययनरत मेजाबी श्रेष्ठले अध्ययनमा यस्ता कार्यहरुले सधै सहयोग पुग्ने साथै वातावरण संगै माटोको संरक्षणमा समेत महत्वपूर्ण भुमिका खेल्ने बताइन् । वनस्पती शास्त्री सन्जु पराजुलीका अनुसार धेरै प्रजातिका बोट बिरुवा क्याम्पसमा हुदा ब्यवहारिकरुपमा नै अध्ययन अध्यापन गर्न गराउन सहज हुन्छ । त्यो संगै स्वच्छ वातावरण तथा कार्बन स्टक बिजनेसको अबधारणालाई पनि थप मद्दत पुग्ने उनले बताइन् ।

plantation-2-(1)

क्याम्पसर प्रमुख डा.दिलकुमार लिम्बुले क्याम्पसको गुरुयोजनामा नै खाली जग्गामा वृक्षरोपण गर्ने रहेको बताए । “क्याम्पसको गुरु योजना नै छ, क्याम्पसको खाली जग्गाहरुमा वृक्षा रोपण गर्ने । यो वृक्षारोपणका लागि अनेरास्ववियुले एउटा प्रस्ताब ल्यायो, त्यसलाई हामीले स्वागत गर्दै प्रत्यक्ष सहभागी भएर सहयोग गरेका छौ,” प्रमुख डा. लिम्बुले भने । वृक्षारोपणमा क्याम्पस संचालक समितिका अध्यक्ष पशुपती मिश्र, सहायक क्याम्पस प्रमुख हेमन्त खनाल, शिक्षकहरु,कर्मचारी, स्ववियु सभापति सौरभ सन्जेल लगायत अन्य बिद्यार्थीहरु सहभागी थिए ।