भोजपुर: गृहजिल्ला भोजपुर आएपछि प्रतिनिधिसभा सदस्य एवं नेकपाका नेता सुदन किराँती क्वारेन्टाइनमा बसेका छन् ।

उनी काठमाण्डौंबाट आएलगत्तै स्वास्थ्य सुरक्षाको विधि पालना गर्दै क्वारेन्टाइन बसेका हुन् । उनी हिजोदेखि आफ्नो जन्मथलो रहेको रामप्रसादराई गाउँपालिकाको क्वारेन्टाइनमा बसेका हुन् । सांसद किरातीका अनुसार गाउँपालिकाले ओख्रेमा निर्माण गरेको क्वारेन्टाइनमा उनी बसको छन् । नियमको पालना सबै गर्नुपर्ने भएकोले आफु पनि क्वारेन्टाइनमा बसेको उनले बताए ।

'क्वारेन्टाइनमा बस्दा समस्याबारे पनि बुझ्न सकिन्छ, र समाधानको लागि पहल गर्न पनि सहज हुन्छ,'उनले भने। राजधानीमा रहदा उनको पिसिआर परीक्षण भइसकेको थियो । उनको रिपोर्ट नेगेटिभ छ । तरपनि बाहिर जिल्लाबाट आउदा क्वारेन्टाइनमा बस्नु उचित हुने भएकोले आफु क्वारेन्टाइन बसेको उनले बताए ।