विराटनगरः मुख्यमन्त्री शेरधन राइले प्रदेशकाे नाम अर्काे अधिविशनबाट तय हुने जानकारी दिएका छन् ।

आज वर्षे तथा बजेट अधिवशेनकाे अन्तिम दिन संसदमा सम्बाेधन गर्दै राइले बजेट काेभिड १९ का कारण छलफलका लागि पर्याप्त समय नभएकाे भन्दै हिउँदे अधिवेशनमा नाम तय हुने बताए । ‘काेभिड १९ का कारण आजवश्यक छलफल गर्न पाइएन, त्यसैले प्रदेशकाे नामाङकन सम्भव भएन,' मुख्यमन्त्री राइले भने,'सबै दलहरू र सांसदहरूसँग पर्याप्त छलफल गरेर प्रदेशकाे नाम टुँगाे लगाउँछाैँ ।'

उनले प्रदेशका नाम राख्ने विषय सरकारकाे मात्र जिम्मेवारीकाे नभएकाे भन्दै सरकारकाे थाप्लाेमा मात्र राख्न नहुने बताए । आफुलाइ सहमतीकै आधारमा प्रदेशकाे नाम राख्नुपर्छ भन्ने मान्यता राख्दै आएकाे भन्दै राइले भने,'दलहरूबीच माइन्यूट नै गरेर सहमतीका आधारमा साझा बिन्दु खाेजिने छ भनिएकाे छ । त्यसका लागि सरकार र संसदीदय दलकाे प्रमखुकाे हिसाबले म नेतृत्व लिन्छु ।'

उनले सबै दलर सांसदलाइ सहयाेगका लागि आग्रह गरे । सांसदहरूमार्फत पर्याप्त छलफल चलाउने भन्दै हतारमा नभइ साेचबिचार गरेर र सबैलाइ मान्य हुने गरि प्रदेशकाे नाम राखिने प्रदेशवासीलाइ ढुक्क हुन विश्वास दिलाए । संसदकाे वर्षे अधिवेशन आज राती १२ बजेदेखि सकिदैछ ।