विराटनगर: प्रदेश नं १ मा आज ३३ जना कोरोना संक्रमित थपिएका छन् ।
झापामा २५, सुनसरीमा ६, मोरंग र धनकुटामा १–१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । झापाको काकडभिट्टामा १७ पुरुष, १ महिला, पुरुबा¥हदशी र झापा गाउँपालिकामा ३–३ पुरुष र विर्तामोडमा १ पुरुष, सुनसरीको रामधुनीमा ३ , इटहरीमा २ र धरानमा १ जना पुरुष संक्रमित थपिएका हुन् । धरानका संक्रमितबारे आज औपचारिक जानकारी आएपनि विभिन्न मिडियाहरुमा हिजो नै खबर प्रकाशित भइसकेको थियो । बहराइनबाट आएका ती पुरुष एन्फा क्वारेन्टाइनमा थिए, र उनलाई हिजो नै वीपी प्रतिष्ठानको आइसोलेसनमा लगिएको छ ।
यस्तै, मोरंगको विराटनगरमा १ पुरुष र धनकुटाको महालक्ष्मीमा १ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा.सुरेश मेहताले जानकारी दिए । योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ८ सय ८१ पुगेको छ । यसैगरि, प्रदेश १ मा आज १२ जना डिस्चार्ज भएका छन् । पूर्वाञ्चल विश्वविद्यालय कोभिड १९ आईसोलेसन अस्पतालबाट १२ पुरुष डिस्चार्ज भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा हालसम्म डिस्चार्ज हुनेको संख्या ७ सय ३५ पुगेको छ । प्रदेश १ मा आज ५ सय ३६ जनाको पीसीआर परीक्षण गरिएको छ । प्रदेश १ मा आजसम्म ३८ हजार ६ सय ७१ ज्नाको परीक्षण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।