विराटनगरः विराटनगरमा हाेम आइसाेलेसनमा बसेका एक कोरोना संक्रमितकाे मृत्यु भएकाे छ ।
मृत्यु हुनेमा विराटनगर ६ का ४५ वर्षीय पुरूष हुन् । वडाअध्यक्ष विजय कामताका अनुसार उनी सुगर र प्रेसरका दीर्घ राेगी थिए । उनलाइ मंगलवार काेराेना पुष्टि भएकाे थियाे । उनकाे बिहिवार निधन भएकाे हाे । उनकाे शव व्यवस्थापनका लागि नेपाली सेनाकाे टाेलीलाइ खबर गरिएकाे र काम भइरहेकाे जानकारी दिए । यसअघि प्रदेश १ का १३ सँक्रमितकाे मृत्यु भइसकेकाे छ । तर, हाेम आइसाेलेसनमै बसेका बेला मृत्यु भएकाे याे पहिलाे घटना हाे ।