विराटनगरः विराटनगरको नोवेल शिक्षक अस्पतालमा कार्यरत ५५ नर्स र प्यारामेडिक्सहरुले सामुहिक राजिनामा दिएका छन् ।
मँगलवार बुुझाइएको राजीनामामा अतिरिक्तजोखिम भत्ता नदिएको, सरकारको हेल्थ प्रोटोकल बिपरित काममा लगाइएको, त्रासकोबीच काम गर्न बाध्य बनाइएको, कोराना सँक्रमित नर्सलाई अस्पतालमा आइसोलेसन बनाएर नराखिएको लगाएतका मागहरु रहेका छन् । गत चैत देखि शुरु भएको लकडाउनकोबीचमा ज्यान जोखिम मोलेरै काम गरिरहेका स्वास्थ्यकर्मीप्रति व्यवस्थाप अनुुदार बनेको राजिनामा दिने नर्सहरुको भनाई छ । उनीहरुले न्यूनतम मानवीय व्यवहार समेत प्रस्तुत नगिरएको भन्दै श्रमको चर्को शोषण भइरहेको आरोप लगाएका छन् । ‘नगन्य तलवमा काम गरिरहेका दर्जनौँ नर्सहरुले महिनाँै देखिको तलब पाएका छैनौँ ।’ एक नर्सले भनिन् ‘हामीलाई न्युनत मानवीय व्यवहारसमेत भएन ।’
विराटनगरका प्रायः सबै अस्पतालले ओपिडि सेवा बन्द गरिसक्दा नोवेल अस्पताल सँचालनमै रहेको थियो । सेवाग्राही अत्याधिक भिड हुँदा सँक्रमणको उच्च जोखिमकैबीच काम गरिहेका एक दर्जन नर्स अहिले सँक्रमित अवस्थामा रहेका छन् । उनीहरु प्राय विराटनगरमा डेरा गरेर बस्ने गर्छन् । डेरामा बस्ने स्वास्थ्यकर्मीलाई अवहेलना भएको भन्दै अस्पतालमै आइसोलसनमा राख्न माग राख्दा व्यवस्थापनले घरजान उर्दी दिएको सँक्रमित नर्सले गुनासो पोखन् । ‘घरवेटीले कोरोना लागेको थाहा पाएपछि नबस्न भने ।’ उनले भनिन् ‘अहिले साथीको डेरामा झुटो बोलेर बसिरहेका छौँ । धन्न असामान्य लक्षण चाहि देखिएको छैन ।’
लामो समय देखि पारिश्रमीक नपाएका चिकित्कसहरु जागिर छाड्ने या बस्ने भन्ने अन्यौलमा रहेको त्यहाँ कार्यारत अध्ययन गरिरहेका एक चिकित्सकले जानकारी दिए । उनले अलिक चर्को स्वरमा बोल्नेलाई व्यवस्थापनबाट थ्रेट आउने भन्दै भित्र भित्रै हेपिएर र पीडित बनेर बस्ने स्वास्थ्यकर्मी धेरै रहेको बताए । ‘चाहिने कुरामा केहि असन्तुुष्ट पोखे व्यवस्थापन सिधै गेट आउट भन्दिन्छ ।’ उनले भने ‘महिनौँ काम नपाएर चुप बसिरहँदा पनि सहनै परेको छ । बोल्यो कि जागिर जान्छ ।’
यता राजिनामा दिएका ५५ स्वास्थ्यकर्मीको राजिनामा स्वीकृत गर्ने तयारीमा व्यवस्थापन पक्ष रहेको देखिन्छ । अस्पतालका प्रबन्धक नारायण दाहालले आन्दोलनरत स्वास्थ्यकर्मीले ५ हजार जोखिमभत्ता मागेको व्यवस्थापन पक्षले ४ हजारसम्म दिने तयारी गरेपनि उनीहरुले नमानेको बताए । ‘हामीले उनीहरुको माग बुुझेकै हौँ ।’ दाहालले भने ‘१ हजारमा कुरो मिलेन र राजिनामा दिए ।’ उनले स्वास्थ्यकर्मीले अाराेप लगाए जस्तो अस्पतालले कुुनै विभेद नगरको जिकिर गरे । ‘हामी पनि हाम्रा डाक्टर, नर्स र कर्मचारीको स्वास्थ्यप्रति गम्भिर छौँ नि ।’ उनले स्पष्ट पारे ।