धरान: कोरोना संक्रमणबाट धरानमा थप एक व्यक्तिको मृत्यु भएको छ ।
धरान १० का ३९ बर्षीय युवाको आज बिहान ४ बजेर ३० मिनेटमा उनको मृत्यु भएको हो । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचारको क्रममा उनको निधन भएको सहप्रवक्ता डा.आशिष श्रेष्ठले जानकारी दिए । मृतक असोज १३ गते कोभिड अस्पताल भर्ना भएका थिए । उनलाई १२ गते कोरोना संक्रमण पुष्टि भएको थियो । मृतकलाई विगतमा क्षयरोग थियो साथै कलेजो र मृगौलाको पनि समस्या भएको प्रतिष्ठानले जनाएको छ ।