धरान: संघीय सरकारले प्रदेश १ सहित कणाली र सुदुरपश्चिम प्रदेशका प्रदेश प्रमुख हटाउने निर्णय गरेको छ ।
हिजो सोमबार बसेको मन्त्रीपरिषद बैठकले प्रदेश १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीलाई हटाउने निर्णय गरेको हो । अधिकारीलाई प्रदेश प्रमुखबाट हटाएर प्रदेश १ को प्रदेश प्रमुखमा पर्शुराम खापुङलाई नियुक्त गर्न मन्त्रीपरिषद बैठकले राष्ट्रपति समक्ष सिफारिस गरेको छ । खापुङ जनता समाजवादी पार्टीका नेता हुन् ।
यसैगरि, कर्णालीका प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनी र सुदूरपश्चिममा गङ्गाप्रसाद यादवलाई पनि हटाउने निर्णय मन्त्रीपरिषद बैठकले गरेको छ । कर्णालीमा तिलक परियार र सुदूरपश्चिममा देवराज जोशीलाई प्रदेश प्रमुख नियुक्त गर्न सिफारिश गरेको छ । कर्णालीमा सिफारिश भएका परियार यसअघि प्रदेश २ का प्रदेश प्रमुख थिए । माओवादी केन्द्र सम्बद्ध उनलाई केपी ओली सरकारले हटाएको थियो ।