धरान: नेपाली काँग्रेस धरान उपमाहानगरपालिका वडा नं १५ को कार्यालय उद्घाटन गरिएको छ ।
श्याम चोकस्थित कार्यालयको उद्घाटन प्रमुख अतिथि एवं प्रतिनिधिसभाकी सांसद मीना सुब्बा, बिशिष्ट अतिथि एवं पुर्वप्रदेश प्रमुख डा.गोविन्द सुब्बालगायतको उपस्थितिमा भएको हो । साथै, १४ औ माहाधिवेशन अन्तर्गत भएको वडा अधिवेशनबाट निवार्चित नयाँ वडा कार्यसमितिको पदस्थापन कार्यक्रम पनि सम्पन्न भएको छ । प्रमुख अतिथि सांसद एवं नेतृ सुब्बाले नगर र वडाको माहाधिवेशन सम्पन्न पछि नयाँ नेतृत्वसहित जनताको घरदैलोमा नेपाली काँग्रेस पुग्न थालिसकेको बताइन् । उनले नयाँ कार्यसमितिलाई बधाई दिदै पार्टीलाई एकढिक्का बनाउन सबै जुट्नुपर्ने पनि धारणा राखिन् ।
मेयर मेयर तिलक राईले पार्टीको माहाधिवेशनबाट काम गर्न सक्ने व्यक्तिहरु निवार्चित गर्न आग्रह गर्दै कार्यसमिति लाई बधाई दिए । कांग्रेस धरानका सभापति श्याम पोख्रेलले १४ औं महाधिवेशन पछि गाउँ गाउँमा पुग्ने बाचा अनुसार वडा नं १५ बाट उक्त कार्यको थालनी भएको बताए । साथै उनले धरानलाई कांग्रेसमय बनाउने पनि उद्घोष गरे । कार्यक्रममा कांग्रेस जिल्ला सचिव सुजेन्द्र तामाङ्गको पनि उपस्थिति रहेको थियो ।
गएको वडा अधिवेशनबाट धरान १५ मा कांग्रेस सभापतिमा डम्बर बहादुर गुरुङ्ग, उपसभापति डिक बहादुर तामाङ्ग र राजन खड्का, सचिवमा हरि बहादुर श्रेष्ठ र गजेन्द्र लिङथेप, सह सचिवमा ललितमान योन्जन र सचिन राई, कोषध्यक्षमा कुमारी लिम्बूसहित २९ सदस्यीय समिति निवार्चित भएको थियो । कार्यक्रममा नगर सदस्य चुडामनी निरौलालाई सम्मान पनि गरिएको थियो।