धरान: नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेकपाले आह्वान गरेको बन्दको क्रममा भारतीय गाडीलाई ढुंगा प्रहार गर्ने धरानका २ जना कार्यकर्तालाई कानुनी कारबाही गरिने भएको छ ।
प्रहरीका अनुसार धरान ८ , साम्पांग चोक भित्री सडकमा इटहरीतर्फ गइरहेको भारतीय गाडीलाई मंगलबार २ जना विप्लव कार्यकर्ताले ढुंगा प्रहार गरेर शिशा फोडेका थिए । प्रहरीले ढुंगा प्रहार गर्ने सुवास राई र रमेश राईलाई पक्राउ गरेको थियो । उनीहरुलाई पीडित पक्षको जाहेरीको आधारमा कानुनी प्रक्रिया अघि बढाएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
यस्तै, इटहरीमा जर्बजस्ती बजार बन्द गराउदै हिड्दा पक्राउ परेका २० जनालाई भने प्रहरीले छोडेको छ । उनीहरुलाई सम्झाई बुझाई गरेर छाडिएको जिल्ला प्रहरी प्रवक्ता एवं डिएसपी नरेन्द्र कार्कीले जानकारी दिए ।