सुनसरी: नेकपा एमालेको आसन्न १० औं महाधिवेशनमा केन्द्रीय सदस्य गुरु वरालले सचिव पदमा उमेद्वारी दिने घोषणा गरेका छन् ।
एमालेमा ४५ बर्ष लामो अनुभव भएका नेता वरालले सचिव पदमा उमेद्वारी दिने घोषणा गरेका हुन् । उनी २०४९ सालको पाँचौ महाधिवेशनदेखि निरन्तर केन्द्रीय कमिटिमा छन् । साथै, कोशी अञ्चल इन्र्चाज र केन्द्रीय संगठन विभागको सदस्य पनि भइसकेका छन् । हाल उनी एमालेको राजकीय मामिला विभागको प्रमुख छन् ।
नेता वराल जवजको सैद्धान्तिक तथा वैचारिक निखार भएको नेताका रुपमा चिनिन्छन् । उनी विकास राजनीतिमा विशेष दख्खल राख्नुहुन्छ । विकास राजनीतिको कार्यमूलक नीति अनुसन्धानमा निरन्तर कृयाशिल पनि छन् । उनकै नेतृत्वमा मोरङ उर्लावारीमा मदन भण्डारी संग्राहलय संचालित छ । नेता वराल जननेता भण्डारीका सैद्धान्तिक,राजनीतिक दस्तावेजहरुको संरक्षण तथा प्रकाशनका साथै नेपाली कम्युनिष्ट आन्दोलनका दस्तावेजहरुको विद्युतीय संरक्षण कार्यमा पनि संलग्न छन् ।