धरान: नेपाली कांग्रेसको प्रदेशसभा सुनसरी १(२) तर्फको निर्वाचनमा २०१ मतगणना सकिदा मुरारी भट्टराईको प्यानलले अग्रता लिएको छ ।
धरान १७ स्थित एन्फा टेक्निकल सेन्टरमा रहेको मतदान केन्द्रमा जारी मतगणना अनुसार सभापतिमा भट्टराईले ११२ मत पाएका छन् भने अजय राईले ८७ मत पाएका छन् । यसैगरि, उपसभापतिमा भट्टराई प्यानलका चन्द्रबहादुर मगर अनिलले १२७ मत पाएका छन् भने डिल्लीसेर राईले १०२ मत पाएका छन् । उपसभापतिमा राई प्यानलका सन्देश श्रेष्ठले ७४ र अमृतबहादुर खड्काले ६५ मत पाएका छन् ।
यस्तै, सचिवमा भट्टराई प्यानलका राजेन्द्र खड्काले ११७ र विजय घिमिरेले ११० मत पाएका छन् भने राई प्यानलका उम्मेदवार संगीता राईले १०० र सुरजप्रसाद अधिकारीले ५१ मत पाएका छन् । यसैगरि, सहसचिवमा भटराई प्यानलका उम्मेदवार रोहित काफ्लेले ११८ र मञ्जु राईले ११२ मत पाएका छन् भने राई प्यानलका श्रवण धामीले ६७ र बिक्रम राईले ७१ मत पाएका छन् । निर्वाचनमा २५२ मत खसेको थियो भने अब ५० मत गणना गर्न मात्र बाँकी रहेको छ ।