धरान: नेकपा माओवादी केन्द्रको धरानमा विभिन्न १५ वटा वडामा सम्मेलन सम्पन्न भएको छ । 

धरानको कुल २० वटा वडाहरुमध्ये १५ वटा वडाको सम्मेलन सम्पन्न भएको हो । सम्मेलनबाट सर्वसम्मत नेतृत्व पनि चयन भइसकेको माओवादी केन्द्र धरानका अध्यक्ष सुर्दशन श्रेष्ठले जानकारी दिए । उनका अनुसार वडा नं ३, ४, ६, ७ र १५ बाहेकका सबै वडामा सम्मेलन सम्पन्न भएको छ । बाँकी रहेको वडाहरुमा पनि मंसिर ८ र ९ गतसम्म सम्मेलन सम्पन्न हुने उनले बताए । ‘केही वडामा तयारी पुगेको छैन । कुनैमा टोल भेला गरिसके पछि मात्र वृहतरुपमा गर्ने भनेर हिजो नभएको हो,’उनले भने,‘जिम्मेवार साथीहरु विरामी भएर पनि सम्मेलन रोकिएको छ । तर ८ र ९ गतेसम्म भइसक्छ ।’

maobadi1

वडा सम्मेलनबाट कुल ३ सय जना प्रतिनिधिहरु छनौट हुने पनि अध्यक्ष श्रेष्ठले जानकारी दिए । समानुपातिक प्रणालीबाट प्रत्येक वडाबाट ४ जनाको दरले ८० जना र नविकृत पार्टी संगठीत सदस्य संख्याकोे प्रतिशतको आधारमा २२० जना प्रतिनिधि हुने केन्द्रीय कमिटीको सर्कुलर अनुसार निर्णय गरिएको उनको भनाई छ । साथै, यसअघिको धरान उपमहानगर कमिटीका सदस्यहरु स्वतः प्रतिनिधि हुने पनि श्रेष्ठले बताए । 

कुन वडामा को भए अध्यक्ष ?

वडा नं.१:     रञ्जित साह

वडा नं.२:    टेकेन्द्र श्रेष्ठ, 

वडा नं.५ः   धनकुमार राई

वडा नं.८ः   झमक मगर

वडा नं.९ः   रविन श्रेष्ठ

वडा नं.१०:  केशव रिजाल 

वडा नं ११ः  जितराज राई

वडा नं १२ः  खगेन्द्र कुरुङबाङ

वडा नं.१३:  दिलिप चाम्लिंग

वडा नं.१४ः  नविन केसी

वडा नं १६ः  हिमाल कार्की

वडा नं. १७ः  सुवास वर्देवा

वडा नं.१८ः  मदन राई

वडा नं. १९ः  शन्त तेम्ब

वडा नं.२०:  विजय लामा