धरान: नेकपा एमालेको १० औं महाधिवशेनबाट केन्द्रीय सदस्यमा निवार्चित सुनसरी क्षेत्र नं १ का नेताहरुलाई सम्मान गरिएको छ । 

एमाले सुनसरी क्षेत्र नं १ कमिटीको आयोजनामा केन्द्रीय सदस्य भीम आचार्य, मञ्जु भण्डारी र केन्द्रीय लेखा आयोग सदस्य डि.बि.साह शंकरलाई मंगलबार धरानमा सम्मान गरिएको हो । लेखा आयोग सदस्य पनि केन्द्रीय कमिटी सदस्य सरह हैसियत हुन्छ । उनीहरुलाई क्षेत्रीय कमिटीसँगै विभिन्न भातृ संगठन, धरानको वडा कमिटीलगायतले सम्मान गरेको थियो । क्षेत्रीय कमिटी अध्यक्ष मीन सुब्बाले उनीहरुलाई दोसल्ला ओढाउनुका साथै सम्मान पत्र प्रदान गरेका थिए । कोभिड संक्रमणको कारण नेता आचार्य भने कार्यक्रममा सहभागी भएका थिएनन् ।

manju-samman6

केन्द्रीय सदस्य भण्डारीले जनताको बीचमा एमाले पार्टी लोकप्रिय छ भन्ने पुष्टि भएको बताइन् । उनले सबै वर्ग, क्षेत्र, समुदायलाई समेटेर एमालेले समावेशिता स्वीकार गर्ने पार्टीकोरुमा स्थापित भएको भन्दै ठुलो संख्यामा नयाँ पुस्ता केन्द्रीय कमिटीमा पुगेको पनि बताइन् । उनले एमाले हिजोको नेकपाको निरन्तरता भएकोले महाधिवेशन पछि सुदृढ र एकतावद्ध भएको बताए । ‘नेपाली कम्युनिष्ट आन्दोलनको सुदृढ शक्ति एमाले भएको छ । पुर्वमाओवादी, पुर्ववामपन्थीहरु एमालेमा एकतावद्ध छ,’उनले भनिन्,‘एकतावद्ध एमाले, सुदृढ एमाले र विजयी एमाले बनाउन अभियान गर्नेछौ । विचारले सुस्पष्ट एमाले बनाउन चाहन्छौ । सुखी नपाली समृद्ध नेपालको लक्ष्य हासिल गर्न बस्ती बस्तीमा पार्टी सदस्यता अभियान चलाउछौ । अलमिलनु भएका, भ्रममा पर्नुभएका समग्र वामपन्थीहरुलाई एकतावद्ध गराउन चाहन्छौ ।’

पार्टीमा योग्यता, क्षमताको आधारमा सबैलाई उचित जिम्मेवारी दिइने

manju-samman8

एमालेका नेताहरुले विगतमा १० बुँदे पक्षधर भनिएका नेता, कार्यकर्ताहरुलाई उचित जिम्मेवारी दिइने पनि धारणा राखेका छन् । एमाले प्रदेश नं १ कमिटी सदस्य मुरारी सुवेदीले पुष ५ गते पछि अलग कमिटी बनाएर गतिविधि गर्दै आइरहेका नेता, कार्यकर्ताहरुलाई पनि उचित जिम्मेवारी दिइने बताए । उनले भने, ‘पार्टी एकढिक्का बनाउन चाहन्छौ । उहाँहरुलाई अन्याय नहुने गरि योग्यता, क्षमता र आवश्यकता अनुसार उचित जिम्मेवारी दिएर अघि बढ्ने क्रममा पार्टी खुला छ, नेतृत्व खुला छ । त्यही बाटोबाट व्यवस्थित गछौं भनेर पार्टीले निर्णय गरेको छ ।’

यस्तै, प्रदेश १ सदस्य मोतिराज सुनुवारले पनि प्रकाश राई, इन्द्रबहादुर राई, पदम लिम्बु, वेणु काफ्लेलगायत नेताहरुलाई अघि सारेर आफुहरु पछाडि बस्न तयार रहेको बताए । सबै नेताहरुलाई हैसियत अनुसार जिम्मेवारी पनि दिइने र नेता मान्न पनि आफुहरु तयार भएको बताए । ‘प्रकाश राई, इन्द्रबहादुर राई, पदम लिम्बु, वेणु काफ्ले उहाँहरु हाम्रा नेताहरु नै हो, हामीले मानेकै छौ । हामी पछाडि बस्न तयार छौ, उहाँहरुलाई अगाडि नै राख्छौ,’उनले भने,‘तर उहाँहरु आउदै नआउने, एउटै कोठामा नबस्ने, पल्लो कोठामा मात्र बसेर छलफल गर्ने गर्नुहुन्छ ।’

manju-samman9

उनले नारायण सुवेदी,राजमणी निरौलाको नाम लिदै उनीहरु जिल्ला कमिटीका सदस्य भनेर आफुहरुले गर्व गर्ने गरेको बताए । ‘प्रदेशमा मिल्यो, जिल्लामा मिल्यो । उहाँहरुलाई नेता मान्छौ । सबैलाई हैसियत अनुसार जिम्मेवारी पाउनुहुन्छ । आउनुस्, आज भोली पर्सि तयार छौ । कमिटी थुप्रै बाँकी छ,’उनले भने,‘सबैलाई राखौ, सबै अटाउ तर एउटालाई हटाएर अर्को मान्छेलाई ल्याएर कमिटी चलाउ भन्ने कुरा नगरौ । म निवेदन गर्न चाहन्छु, तपाईहरु हिजो पनि नेता हो, आज पनि नेता हो ।’ कार्यक्रममा प्रदेश कमिटी सदस्य विजय राई, नुलाम राई, वडा नं १० का अध्यक्ष श्रीसुब्बाले पनि मन्तव्य व्यक्त गरेका थिए । सोही कार्यक्रममा ३ दर्जन ज्येष्ठ कम्युनिष्टहरुलाई सम्मान पनि गरिएको थियो । साथै, दुई दर्जन युवाहरुलाई पार्टी प्रवेश पनि गराइएको थियो । 

manju-samman7

manju-samman11

manju-samman12