सुनसरी: नेकपा एकीकृत समाजवादी (एस)ले सुनसरीको बराहक्षेत्र नगरपालिकामा संगठन निर्माणलाई तीब्रता दिएको छ । 

नेकपा एसले सुनसरीमा हात हातमा कलम अभियानमार्फत संगठन विस्तारलाई तीब्रता दिएको हो । शुक्रवार बराहक्षेत्र १ नं वडामा राजु भट्टराई अध्यक्ष रहेको ४५ सदस्य वडा कमिटी गठन भएको छ । उपाध्यक्षमा थिरबहादुर थापा, सचिव मनिष श्रेष्ठ, उपसचिव बलबहादुर रहेका छन । 

यसैगरि, बराहक्षेत्र २ नं वडामा भएको भेलाले रामगोपाल खडकाको अध्यक्षतामा ५२ सदस्य वडाकमिटी गठन गरेको छ । उपाध्यक्षमा दलबहादुर मगर र सपना नेपाल सचिवमा रेमकुमार राई उपसचिवमा भिम श्रेष्ठ रहेका छन ।

बराहक्षेत्रका वडाहरुमा युवालाई संगठित गर्दै नेकपा एसले युवा संघ नेपालसमेत गठन गरेको छ । बराहक्षेत्र १ को युवा संघ अध्यक्षमा दिनेश राई उपाध्यक्षमा बलबहादुर राई र सुमित थापा, सचिवमा सचिन बस्नेत सहसचिवमा बलबहादुर राई चयन भएका छन् । बराक्षेत्र २ नं वडाको युवा संघ अध्यक्षमा सुदिप राई, उपाध्यक्षमा बन्दना श्रेष्ठ, सचिवमा मन्दीप श्रेष्ठ, सहसचिवमा कमला रानामगर र सुमित भुजेल चयन भएका छन् ।

nekapa-s1

नेकपा एस वडा कमिटीका पदाधिकारी तथा सदस्यहरुलाई केन्द्रिय सदस्य तथा सुनसरी सह–इन्चार्ज केशव तिम्सिनाले पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए । यसैगरि युवा संघ नेपालका पदाधिकारी तथा सदस्यहरुलाई युवा संघ सुनसरीका अध्यक्ष सोम लोङग्ली बान्तवा राईले पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए ।

नेकपा एकिकृत समाजवादीका केन्द्रिय सदस्य तथा सुनसरी सह–इन्चार्ज तिम्सिनाले वर्गिय मुक्तीका लागि असल वामपन्थी नेता कार्यकर्ताहरु नेकपा एसमा आउन शुरु गरेको बताए । उनले नयाँ पुस्तालाई माक्सवादी दर्शन, सिद्धान्त र लेलिनवादी संगठनको साठनिक संरचनामा प्रशिक्षित गरिरहेको पनि जानकारी दिए ।

हात हातमा कलम अभियान अन्र्तगत बराहक्षेत्रका विभिन्न वडाहरुमा पार्टी कमिटी गठन, पुर्नगठन, युवा संघ गठन, अनेरास्ववीयु गठन, अनेमसंघ गठन गर्दै विधि र पद्धती अनुसार परिचालित हुने कार्यकर्ताहरुको पक्तिलाई पार्टी संगठनमा एक कार्यकर्ता एक जिम्मेवारी दिएर संगठन निमार्णलाई समेत अगाडी बढाइएको पनि तिम्सिनाले बताए । कार्यक्रममा नेकपा एसका केन्द्रिय परिषद सदस्य लक्ष्मण चौधरी, सुनसरी उपाध्यक्ष सिताराम पराजुली, बराहक्षेत्रका अध्यक्ष चन्द्र मगर लगायतका नेता कार्यकर्ताहरुको सहभागीता रहेको छ ।