धरानः प्रदेश १ गठबन्धन सरकारको न्युनतम साझा कार्यक्रम सार्वजनिक भएको छ ।
पाँच दलीय गठबन्धन संयन्त्रले तयार गरेको कार्यक्रममा खोप लगाउन बाँकी रहेका नागरिकहरुलाई आगामी चैत मसान्तभित्र निःशुल्क खोप उपलब्ध गराउन व्यवस्था गर्ने मुख्य प्राथमिकतामा समेटेको छ । यस्तै, प्रदेश १ को नामकरणलाई पनि उच्च प्राथमिकता दिने र सरकारका भौतिक संरचना निर्माण गर्ने पनि साझा कार्यक्रमले प्राथमिकतामा राखेको छ ।
राष्ट्रसेवकहरुको परिणाममुखी परिचालन गर्न पुरस्कार दण्ड नीति अवलम्बन गर्ने, प्रदेश सरकारको परियोजनाहरुको मुल्यांकन, अनुगमन गर्न उच्चस्तरीय संयन्त्रलाई परिचालन गर्ने पनि गठबन्धन सरकारको न्युनतम साझा कार्यक्रममा उल्लेख छ ।