धरान: सरकारविरुद्ध नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल धरानले बुधबार प्रर्दशन गरेको छ ।
संघले बुधबार दिउँसो भानुचोकमा सरकारविरुद्ध नाराबाजी तथा प्रर्दशन गरेको हो । सत्ता गठबन्धन सरकारले पेट्रोलियम पदार्थमा मुल्यवृद्धि गरेको, समयमा स्थानीय चुनाव नगराउने षडयन्त्र गरिरहेको र संघीय सरकारकी मन्त्री रेणु यादवले हिंसा भड्काउने गरि अभिव्यक्ति दिएको विरोधमा संघले प्रर्दशन गरेको हो । कोभिड संक्रमणको कारण सिमित संख्यमा मात्र भेला भएर सरकारविरुद्ध खबरदारी गरिएको संघका धरान उपमहानगर कमिटी अध्यक्ष भवानी दाहालले जानकारी दिए ।
विरोध प्रर्दशनलाई सम्बोधन गर्दै गर्दै संघका केन्द्रीय सचिवालय सदस्य अर्जुन लिम्बुले सरकारले जनता विरोधी काम गरिरहेको बताए । उनले जनतालाई महंगीको मारमा पारेको भन्दै मुल्यवृद्धि फिर्ता गर्न चेतावनी दिए । यस्तै, स्थानीय तहको निर्वाचन मिति तत्काल घोषणा गर्न र नरसंहार भएको गौर हत्याकाण्ड झै पुनः दोहोर्याउने अभिव्यक्ति दिने मन्त्री रेणु यादवलाई कारबाही गर्न पनि माग गरे ।
यस्तै, संघको धरान उपमहानगर कमिटी इञ्चार्ज तथा एमाले धरान १० वडा कमिटी अध्यक्ष विवेक राईले सरकारको हर्कत नसच्चिए सशक्त प्रर्दशन गर्ने चेतावनी दिए । अहिले कोभिडको कारण मात्र थोरै संख्यामा उपस्थित भएको भन्दै उनले पनि सरकारले मुल्यवृद्धि फिर्ता गर्न, निर्वाचन तत्काल घोषणा गर्न र मन्त्री यादवलाई बर्खास्त गर्न माग गरे ।
भिडियो: