धरान: धरानमा आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गरि नेपाली कांग्रेसले नेपाल शिक्षक संघ धरान नगर समितिसँग छलफल गरेको छ ।
नगर सचिव जितेन्द्र राईका अनुसार बिहीबार धरान वडा नं. २ स्थित पार्टी कार्यालयमा कांग्रेस धरान नगर समितिको संयोजनमा बृहत छलफल तथा परिचयात्मक कार्यक्रम भएको हो । कार्यक्रममा नेपाली कांग्रेस प्रदेश १ का महामन्त्री उमेश थापा, जिल्ला सचिव माधव घिसिङ, कांग्रेस सुनसरी क्षेत्र नं. १ का सभापति सुजेन्द्र तामाङ, नगर सभापति श्याम पोख्रेल, नेपाल शिक्षक संघ नगर सभापति आशबहादुर राई, सुनसरी क्षेत्र नं. १ (१) का सभापति अनिल श्रेष्ठ र १ (२) का सभापति मुरारी भट्टराई लगायत नेताहरुको उस्थिति रहेको थियो ।
छलफलमा नेपाल शिक्षक संघले निर्वाचनमा सहिढंगबाट मतदान कसरी गराउने ? भन्ने विषयमा प्रशिक्षण कार्यक्रम राख्न पार्टीलाई आग्रह गरेको पनि सचिव राईले बताए । आगामी निर्वाचनमा संघको अहम भूमिका रहने बताउँदै नेपाल शिक्षक संघलाई संगठनको दायरामा ल्याउन पनि माग राखेका थिए ।