धरान: नेकपा एमाले निकट नेपाल बुद्धिजिवी परिषद सुनसरीले मंगलवार धरानमा “जबज, दसौ महाधिबेशन र बौदिक वर्गको दायित्व” बिषयक अन्तर्कृया कार्यक्रम सम्पन्न गरेको छ ।

धरान १ छाताचोकस्थित एमाले पार्टी कार्यलयामा उक्त अन्तक्रिया कार्यक्रम सम्पन्न भएको हो । अन्तक्रियामा मुख्यवक्ताकोरुपमा पार्टीको स्थायी कमिटी सदस्य एवं शिक्षा बिभाग प्रमुख गुरु बराल रहेका थिए । । नेता बरालले पार्टीको निती, सिद्धान्त र विचारलाई सबैले बुझ्नु जरुरी रहेको औल्याए । उनले जबज कतैबाट आयातित नभै नेपाली समाज रुपान्तरको क्रममा आन्दोलनबाट आँफै उत्पन्न भएको बताए । “धरानको राजनीतिक भट्टिले मनमोहन अधिकारी जस्ता लोकप्रिय प्रधानमन्त्रि पायो, यस्तै बम देवान, मन्जुल, ध्यान बहादुर राई जस्ता लोकप्रिय नेता उत्पादन भयो,”उनले भने  ।

guru-bara2

नेता बरालले राष्ट्रिय पूँजीको बिकास बिना राष्ट्रको समुन्नत बिकास गर्न नसकिने पनि बताए । “हामी कम्युनिष्टहरु राष्ट्रिय पँुजीको वकालत गर्छौ, राष्ट्रिय पुजीको बिकास गरेर मात्र देश बिकास गर्न सकिन्छ  ।” गरीबि निबारण, स्थानिय  पालिकामा नै न्याय सम्पादन, जेष्ठ नागरिक वडा वडामा, फुस्को छानो उन्मुलन जस्ता एमाले सरकारले ल्याएको कार्यक्रम सफल पार्न स्थानिय सरकारको प्रभाबकारी भूमिका रहेको पनि उनले बताए । 

अन्य लोकप्रिय कार्यक्रम ल्याउन पार्टीलाई बौद्धिक बर्गले सुझाब दिनु पर्ने पनि नेता बरालले बताए । धरानमा रहेका इन्जिनियरिङ्ग, हातिसार क्याम्पसबाट दक्ष जनशक्ति उत्पादन गरेर धरानको पुर्वाधार निर्माण गर्नु पर्ने उनको सुझाब थियो । अन्तक्रियामा नेपाल बुद्धिजिबी परिषदका केन्द्रिय सदस्य डा. गोपी कृष्ण खतिवडा, बुद्धिजिबी परिषद सुनसरीका अध्यक्ष मोहन उप्रेतीलगायत धरानका बिभिन्न क्याम्पसका प्राध्यापक, शिक्षक, बौद्धिक ब्याक्तिहरु पार्टीका नेता कार्यकताहरुको उपस्थिती रहेको थियो ।