विराटनगर: जिल्ला प्रहरी कार्यालय सुनसरीमा कार्यरत प्रहरी जवान राज कुमार घिमिरे र इलाका प्रहरी कार्यालय धुलावारी झापामा कार्यरत प्रहरी जवान श्रीमान राई माघ महिनाको सर्वोत्कृष्ट प्रहरी (पुलिस अफ द मन्थ) घोषित भएका छन् ।

१ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले उनीहरुलाई बिहिबार सर्वोत्कृष्ट प्रहरी घोषणा गरेको हो । आम सर्वसाधारण नागरिकहरुलाई सुरक्षाको अनुभूति हुने गरी प्रहरीको छवि उच्च बनाएका साथैसर्वसाधारणमा सुरक्षाको अनुभूती अभिवृद्धि गरेको भन्दै प्रदेश प्रहरीले घिमिरे र राईलाई सर्वोत्कृष्ट घोषित गरेको जनाएको छ ।

सर्वेत्कृष्ट हुने प्रहरी कर्मचारीलाई पुरस्कृत गरी उत्कृष्ट कार्यको बिवरणसहितको फ्लेक्स १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरमा निर्माण गरिएको स्तम्भमा राखिन्छ भने १ नम्बर प्रदेश अन्तर्गत रहेका इलाका प्रहरी कार्यालय ‘क’ स्तरसम्मका प्रहरी कार्यालयहरुमा १ महिना सम्म राखिने गरिएको छ ।