धरान: भारतको दिल्लीस्थित निजामुद्दिन मर्कजमा भएको अन्तर्राष्ट्रिय धार्मिक सभामा नेपालका १९ जना मुश्लिमहरु सहभागी भएको बताइए पनि उक्त सभामा धरानबाट कोही पनि सहभागी नभएको पाइएको छ ।
धरानस्थित अञ्जुमन इस्लामियाले बुधबार एक विज्ञप्ती जारी गर्दै धरानबाट उक्त सभामा धरान जामे मस्जिदको प्रतिनिधित्व गर्दै कोही पनि सहभागी नभएको प्रष्ट पारेको छ । अध्यक्ष शेख मुसुफ अली र सचिव अफाक अहमदद्धारा हस्ताक्षरित विज्ञप्तीमा उक्त सभाबाट कोही पनि व्यक्ति धरान नआएको पनि उल्लेख छ ।
भारतीय सञ्चारमाध्यमहरुका अनुसार उक्त सभामा नेपालबाट पनि १९ जना सहभागी भएका थिए । भारतमा कोरोना संक्रमण फैलाउनमा उक्त सभा पनि भुमिका रहेको बताइएको छ । उक्त सभामा करिब ३ सय जना विदेशीहरु सहभागी थिए ।