धरान: लकडाउनको मौकामा धरानको सर्दु जलाधार क्षेत्रमा जंगल फडानी गर्नेहरुलाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ ।

सशस्त्र प्रहरीले आज बिहान भरि धरानको वडा नं १३ र ४ मा पर्ने जलाधार क्षेत्रमा अप्रेशन गरि जंगल फडानी गर्नेहरुलाई पक्राउ गरेको हो । प्रहरी प्रशासनको ध्यान लकडाउनमा केन्द्रीत भएको मौकामा धरानमा जंगल फडानीले तीब्रता पाएको छ । धरान १३ फुस्रे, ओशो पार्क हुदै वडा नं २०, १३ र ४ वडाको जंगलमा दाउरा काट्न जानेहरुको घुँइचो लागेपछि सशस्त्र प्रहरीले आज जंगलमा अप्रेशन चलाएको हो ।

sardu5

सशस्त्र प्रहरीले २५ जनालाई नियन्त्रणमा लिएको थियो भने थुप्रै भाग्न सफल भएका थिए । सशस्त्रका डिएसपी राजेन्द्र श्रेष्ठका अनुसार ३० भारी दाउरा र बञ्चरो, दाउ, खुर्पा, खुकुरीलगायत थुप्रै घरेलु हतिरयारहरु पनि वरामद भएको छ । ‘बिहानभरि अप्रेशन थियो, कति हामीलाई देखेपछि भागे । कतिलाई लखेटेर छेकेर समात्यौं,’डिएसपी श्रेष्ठले भने,‘मान्छेलाई ३ घण्टाजति सर्दु बगरमा राख्यौं, उठबस गरायौं र एक पटकलाई छोड्यौं ।’ डिएसपी श्रेष्ठका अनुसार घरेलु हातहतियार र दाउरा भने जफत गरेर राखिएको छ ।

sardu4 sardu6 sardu sardu2