धरान: धरानमा रहेका सामुदायिक विद्यालयका शिक्षकहरुले एक दिनको तलब वापतको ४ लाख बढी रकम कोरोनाको कोषमा हस्तान्तरण गरेका छन् ।
आज शिक्षकहरुबाट संकलित रकम धरान ८ स्थित सभागृहमा मेयर तिलक राईलाई हस्तान्तरण गरिएको हो । नगद हस्तान्तरणमा उपमेयर मञ्जु भण्डारी सुवेदी पनि उपस्थित थिइन् । सामुदायिक ४६ वटा विद्यालयका शिक्षकहरुबाट एक दिनको तलब वापत ४ लाख ४३ हजार ३ सय ७० रुपैया संकलन भएको थियो । यस्तै, नेपाल शिक्षक संघ धरानका सामुदायिक विद्यालयका शिक्षकतर्फबाट पनि १५ हजार थप गरेर नगद हस्तान्तरण गरिएको हो ।