धरान: किरात राई यायोक्खा प्रारम्भिक कार्यसमिति धरान–१३ को भवन निर्माणको लागि पत्रकार दिलबहादुर राईले नगद सहयोग गरेका छन् ।

पूर्वाञ्चल डिबिआर अनलाइन टिभीका प्रबन्धक समेत रहेका पत्रकार राईले संस्थालाई नगद १३ हजार रुपैयाँ सहयोग गरेका हुन् । मंगलबार विहान एक कार्यक्रमकाबीच पत्रकार राईले संस्थाका कोषाध्यक्ष सुनिता राईलाई उक्त नगद रकम प्रदान गरे । पत्रकार राईले आफ्नो बुबा–आमा स्व.कृष्ण बहादुर–स्व. राजकुमारी राईको स्मृतिमा नगद रकम प्रदान गरेका हुन् । पत्रकार राईले मृतक आफ्नो बुबा आमाको नाममा सहयोग गरेको बताए । उनले भने ‘यदी मेरो आमा बाबा जिवित हुनुभएको भए मेरो पालनपोषण गर्ने कर्तब्य नै हो तर उहाँहरु चाँडै भगवानको घरमा जानुभयो’ उनले भाबुक हुदै भने ‘त्यसैले उहाँहरुको आत्मा शान्तिको लागि केही रकम सामाजिक काममा खर्चिएको हुँ ।’

उनले आफुसंग भएर भन्दा पनि आफ्नो दिबंगत बाबु आमाको नाममा सहयोग गर्नुपर्छ भन्ने हेतुले सहयोग गरेको बताए । उनले बार्षिक रुपमा आफुले खर्चिएको कुल रकमको केही प्रतिशत रकम यसरी नै उहाँहरु(आमा-बुबा)को नाममा सामाजिक सेवामा खर्चिदै आएको बताए । उनले बराहक्षेत्रस्थित नहडाकी मृगौला पीडित चम्फा माया याम्फुलाई नगद २ हजार रुपैयाँ र संखुवासभाकी हाल बीपी प्रतिष्ठान धरानमा उपचाररत रिमा तामाङलाई उपचारार्थ नगद २ हजार रुपैयाँ सहयोग गर्न लागेको बताए । संखुवासभा जिल्लामा जम्मिएका राई स्व.कृष्ण–स्व.रामकुमारी राईको पाच छोरा मध्ये काइला सन्तान हुन् । हाल उनको जेठा दाजु र भाइ मात्र छन् ।

कार्यक्रममा संस्थाका सचिब सत्तेकुमार राईले संस्थाले आफ्ना भवन (किराया खिम) निर्माण अभियानमा पत्रकार राई जोडिएको भन्दै खुशी व्याक्त गरे । पत्रकार राईले गत वर्ष पनि संस्थालाई एक थान प्रिन्टर प्रदान गरेको स्मरण गदै संस्थाप्रति पत्रकार राईको ठुलो योगदान रहेको उल्लेख गरे । उनले संस्थाको भवन निर्माणको लागि सबैसंग पहल भइरहेको बताउदै भवन निर्माणको लागि निःशुल्क जग्गा उपलब्ध भएको बताए । ‘समाजसेबी मदन राई ज्यूले गौराटोलमा निःशुल्क जग्गा दिन्छु भन्ने बच्चन दिनुभएको छ, जग्गा उपलब्ध भएपछि हामी भवन निर्माणको काम अगाडी बढाउने योजना छ । अहिले हामी सबैसग रकम जुटाउने कार्यमा लागेका छौं ।’

संस्थाका अध्यक्ष श्रीपाल राईले पत्रकार राईप्रति संस्थाको तर्फबाट धन्यबाद ब्याक्त गरे । उनले संस्था आफ्नो जातीको उत्थानको लागि मात्र नभएर सबै समुदायलाई उत्तिकै सहयोग पु¥याउदै आएको बताए । उनले भने ‘कोरोना कोषको लागि हामीले पनि केही वडालाई सहयोग गर्यौं । आफ्नो जातीको उत्थानको लागि मात्र हैन आफ्नो वडामा संस्थाले सकेको सबैलाई सहयोग गदै आएको छ ।’ यस्तै, किराया धरान नगर समितिका सदस्य धनबोल राईले पनि पत्रकार राईको सहयोगी भावनालाई प्रशंसा गरे ।