झापा: झापाको कचनकवल गाउँपालिका ३ का ३५ बर्षीय किलु टुडुलाई खोलाले बगाएर मृत्यु भएको छ ।
आज दिउसो १२ बजे घर नजिकै रहेको खहरे खोला छेउमा हिडिरहेका टुडु एक्कासी लडेर खोलामा पसेका थिए । उनलाई सोही खोलाले बगाएर २०० मिटर तल खोलाको साईटमा मृत अवस्थामा फेला परेको स्थानीयले प्रहरी चौकी पथरीयामा जानकारी गराएका थिए ।
पोखरीमा डुबेर १ महिलाको मृत्यु
धनकुटाको चौबिसे २ मा ३२ बर्षीया सरस्वती मगरको पोखरीमा डुबेर मृत्यु भएको छ । आज बिहान ९ बजे चौबिसे २ मा रहको सिचाईको लागि तयारी गरिएको ३ फिट गहिरो पोखरीमा डुबेर मृत्यु भएको हो । प्रहरी चौकी मुढेबासका अनुसार हिडिरहेको अवस्थामा एक्कासी चिप्लिएर पोखरी लडेकी थिइन् । उनको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।