धरान: मोरङकी एक नाबालिकालाई ललाई फकाई धरान ल्याएर जर्बजस्ती करणी गरेको आरोपमा एक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका ४ का ठेगाना भएपनि रामधुनी ५ झुम्का बस्ने ४६ बर्षीय मोहमद ईर्साद अलाम रहेका छन् । उनले साउन २६ गते मोरङकी १६ बर्षीय एक बालिकालाई धरान १८ स्थित कान्तिपुर नामक होटलमा ललाईफकाई ल्याएको र जर्बजस्ती करणी गरेको भन्दै नाबालिकाकी आमाले हिजो उजुरी दिएको प्रहरीले जनाएको छ । उजुरी परेपछि मोहमदलाई पक्राउ गरि जर्बजस्ती करणी मुद्दाको अनुसन्धानको लागि आज म्याद थप गरिएको पनि ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।