सुनसरी: सुनसरी भोक्राहा नरसिहं ४ का नसरुदिन अन्सारीको डेढ बर्षीया छोरीको लडेर मृत्यु भएको छ ।
आज दिउँसो सवा १ बजे आफ्नै घर अगाडी रहेको पानी जमेको बाझो खेतबारीमा नाबालिका रबिना खातुन लडी रहेको अवस्थामा फेला परेकी थिइन् । उनलाई तत्काल उपचारार्थ जिल्ला अस्पताल ईनरुवा लैजादै गर्दा मृत्यु भएको खबर आफन्तले प्रहरीमा गरेका थिए । घटनाको जानकारी पाउनसाथ प्रहरी टोली खटिएर कानुनी कारबाही भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।