उदयपुर ः उदयपुर त्रियुगा नगरपालिका २ खैजनपुरका ३८ बर्षीया रिता बुढाथोकीको करेन्ट लागेर मृत्यु भएको छ ।

हिजो साँझ साढे ६ बजे खेतमा पानी लगाउनका लागी मोटर चलाउने क्रममा अचानक करेन्ट लाग्दा रिता वेहोस भएकी थिईन । वेहोस भएकी उनको जिल्ला अस्पताल उदयपुरमा उपचारको क्रममा साँझ साढे ७ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।