धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा धरानका थप एक कोरोना संक्रमितको मृत्यु भएको छ ।
धरान ९ का ६९ बर्षीय संक्रमित पुरुषको हिजो दिउँसो मृत्यु भएको हो । प्रतिष्ठानका अनुसार उनको इर्मजेन्सीमा उपचारको क्रममा मृत्यु भएको थियो । मृतकलाई उच्च रक्तचापको समस्या भएको प्रतिष्ठानका सहप्रवक्ता डा.आशिष श्रेष्ठले जानकारी दिए । उनको हिजो दिउँसो ३ बजेर ७ मिनेटमा मृत्यु भएपनि प्रतिष्ठानले औपचारिक जानकारी भने आज दिउँसो मात्र दिएको हो ।