धरान: आइतबार साँझ धरानमा ५२ जना कोरोना संक्रमित थपिएका छन् ।
वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको हेल्प डेस्क र एन्फा एकेडेमी क्वारेन्टिनस्थलमा संकलन गरिएको स्वाबको पिसिआर परिक्षण गर्दा ५२ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै धरानमा संक्रमितहरुको कुल संख्या २७८० पुगेको उपमहानगरपालिकाको स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिए ।