मोरङ: भारतीय बजार जोगबनीबाट अवैधरुपमा भन्सार छलेर ल्याएका लत्ता कपडा, किचनका आईटम तथा खाधान्न सामाग्रीहरु प्रहरीले बरामद गरेको छ ।
मोरङको विराटनगर १६ दरैया नहरबाट अवैधरुपमा भन्सार छली गरी ल्याएका उक्त सामानहरु प्रहरीले बरामद गरेको हो । बिशेष सुराकका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी गस्ती टोलीले शनिवार बेलुका साढे ६ बजे करिव ९५ हजार २ सय ५० रुपैया बराबरको विभिन्न ब्राण्डका लत्ता कपडा तथा अन्य सामानहरु बरामद गरेको जनाएको छ । बरामद गरिएको सामानहरु भन्सार कार्यालय रानीमा बुझाउने तर्फ आवश्यक कारबाही भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।