धरान: नेकपा ओली समुहले धरानको संयोजक र सचिव मनोनित गरेको छ ।

पार्टीको जिल्ला कमिटी बैठकले धरान उपमहानगर कमिटीको संयोजकमा हर्कजङ्ग एभेङलाई मनोनित गरेको छ भने सचिवमा ठाकुरबहादुर कार्कीलाई मनोनित गरेको छ । यसैगरि, सोही बैठकले धरान नगर इञ्चार्जमा मञ्जु भण्डारी सुवेदी र सहइञ्चार्जमा ऋर्षिराज राईलाई जिम्मेवारी दिएको नेकपा जिल्ला सदस्य नवराज राईले जानकारी दिए ।