धरान: तीन दिनअघि सुनसरीको बराहक्षेत्र नगरपालिकाका ६३ बर्षीय बरमबहादुर राईले बाँदरलाई तोकेर भरुवा बन्दुकले गोली हाने । त्यही बेला उनले नसोचेको घटना भइदियो ।

भरुवा बन्दुकको गोलीको छर्राले नजिकै खेल्दै गरेका आफ्नै नाती १३ बषीपर््य अभिषेक राई घाइते हुन पुगे । अभिषेक उनको सहोदर छोरीतर्फको नाती हुन् । गोलीको छर्राले अभिषेकको ढाडसमेत शरीरमा लागेर घाइते भए । उनको अस्पतालमा उपचार भइरहेको छ । घटनाबारे सुचना पाएपछि प्रहरी टोली अनुसन्धानमा खटिएको थियो । 

वृद्धा बरमलाई मंगलबार जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरेर सुनसरी प्रहरीलाई बुझाएको थियो । प्रहरीले बरमले प्रयोग गरेको भरुवा बन्दुक आफ्नै घरको कोठामा लुकाएको अवस्थामा वरामद गरेको पनि जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको छ । साथै, उनलाई जिल्ला अदालतबाट ज्यान मार्ने उद्योग र हातहतियार मुद्दामा ७ दिनको म्याद लिएर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।