सुनसरी: सुनसरीको दुहबी नगरपालिका ३ पेट्रोल पम्प आगाडि कोशी राजमार्गमा ट्रकको ठक्करबाट मोटरसाईकल चालकको घटनास्थलमानै मृत्यु भएको छ। 

मृत्यु हुनेमा मोरङ सुन्दरहरैचा नगरपालिका ८ का ४५ बर्षीय लक्ष्मीप्रसाद लुईटेल रहेका छन् । हिजो बिहिबार बेलुका ४ बजे बिराटनरबाट ईटहरीतर्फ जाँदै गरेको भारतीय नम्बर प्लेटको एलपी ग्याँस बोक्ने ट्रकले सोही दिशामा जाँदै गरेको को १० प २६८१ नम्बरको मोटरसाईकललाई ठक्कर दिदाँ लुईटेलको घटनास्थलमा नै मृत्यु भएको हो । ट्रक र ट्रक चालक भारत बिहार बेबसराई बथौली पंचायत ७ का ३५ बर्षीय चन्दन कुमार तातिलाई ईलाका प्रहरी कार्यालय दुहबीले नियन्त्रणमा राखेका छ। 

ट्याक्टर दुर्घटनामा चालकको ज्यान गयो

यसैगरि, संखुवासभामा भएको ट्याक्टर दुर्घटनाबाट चालकको मृत्यु भएको छ भने सहचालक घाईते भएका छन् । संखुवासभाको खादबारी नगरपालिका २ चेवास्कुल छेउ भित्री सडकखण्डमा ट्याक्टर दुर्घटनाबाट चालकको मृत्यु भएको हो । मृत्यु हुनेमा चालक संखुवासभा खादबारी नगरपालिका ५ लेलुवा का २५ बर्षीय मणी तामाङ रहेका छन् । 

सोही दुर्घटनामा सहचालक १९ बर्षीय महेन्द्र तामाङ घाइते भएका थिए । उनको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भईहेको छ। प्रहरीका अनुसार हिजो राती सवा ८ बजे चेवाबाट चारबरतर्फ जादै गरेको प्र१०२००३ त १२२४ नम्बरको खाली ट्याक्टर आफै अनियन्त्रीत भई सडक देखी अन्दाजी १५ मिटर तल खसेको थियो ।

दुर्घटनास्थलमा प्रहरी चौकी मानेभन्ज्याङबाट प्रहरी टोली खटिएर दुवै जना घाईतेलाई उपचारको लागी जिल्ला अस्पताल खादबारीमा पठाईएको थियो । गम्भिर घाईते भएका चालकको जिल्ला अस्पताल खादबारीमा उपचारको क्रममा राती साढे १० बजे मृत्यु भएको प्रहरीले जनाएको छ । सहचालकलाई थप उपचारको लागी वीपी प्रतिष्ठान धरान पठाईएको प्रहरीले जनाएको छ ।