धरान: नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत प्रदेश नं १ को नेतृत्व चयन गर्न आज मतदान हुदैछ ।
विराटनगरमा जारी अधिवेशनको आज बिहान ८ बजेदेखि मतदान हुने भनिए पनि ढिला भएको छ । आवश्यक तयारीमा ढिलाई भएपछि मतदान पनि ढिलाई भएको हो । मतदान मध्याह्न १२ बजेदेखि मात्र शुरु हुने भएको सुनसरी क्षेत्र नं १ का सभापति सुजेन्द्र तामाङले जानकारी दिए ।
प्रदेश १ को नेतृत्वको लागि सभापतिमा संस्थापन समुहबाट उद्धव थापा र इतर पौडेल कोइराला समुहबाट गुरुराज घिमिरेले उम्मेदवारी दिएका छन् । दुवै पक्षले प्यानल उम्मेदवारी दिएका छन् । अधिवशेनबाट पदाधिकारीमा एक सभापति, दुई उपसभापति, दुई महामन्त्री र एक महिलासहित तीनजना सहमहामन्त्री चयन गर्नेछ ।