धरान: अनेरास्ववियुकी पुर्वकेन्द्रीय सदस्य तथा धरानकी युवा नेतृ इन्द्रकला राई स्वास्थ्य वीमा बोर्ड सदस्यमा मनोनित भएकी छिन् । उनलाई स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले मन्त्रीस्तरीय निर्णय गरेर स्वास्थ्य वीमा बोर्ड सदस्यमा मनोनित गरेका हुन् । मन्त्री ढकालले कार्तिक १६ गते मन्त्रीस्तरीय नि ...
धरान: जनता समाजवादी पार्टी धरानले नेपाल खानेपानी संस्थानको शाखालाई धरान खानेपानी बोर्डमा मर्ज गर्ने निर्णयप्रति कडा विरोध जनाएको छ । पार्टीको धरान उपमहानगर कमिटि अध्यक्ष ताजुब लिम्बुले आज प्रेश विज्ञप्ती जारी गर्दै उक्त निर्णयको घोर भत्र्सना र विरोध जनाएका हुन् । कार्तिक ५ गते बसेको धरान नगर कार्या ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा बेथिती बढ्दै गएपछि सुधार गर्नको लागि धरानका राजनीतिक दल तथा नागरिक समाज जुर्मुराएका छन् । बिशेष गरि पछिल्लो समय काभिड १९ अस्पतालको व्यवस्थापन तथा सञ्चालनमा लथालिङ्ग भएपछि चौतर्फी आलोचना भइरहेको थियो । कोरोना संक्रमितहरुले भेन्टिलेटर मात्र होइन, ...
धरान: नेत्रबिक्रम चन्द विल्लव समुहको कम्पनी कमिसारलाई प्रहरीले हतियार र विष्फोटक पदार्थसहित पक्राउ गरेको छ । प्रहरीले हिजो बुधबार साँझ मोरङको मिक्लाजुङबाट कमिसार सप्तरीको सुरुंगा गाउँपालिका २ का ३२ बर्षीया प्रतिक भन्ने काशीनाथ घिमिरेलाई पक्राउ गरेको हो । उनीसँगै इलामको चुलाचुली गाउँपालिका २ का १८ ब ...
सुनसरी: सुनसरी जिल्लालाई कार्यक्षेत्र बनाई सञ्चारमाध्यममा सक्रिय पत्रकारहरुलाई प्रेस युनियन सुनसरीले बीमा बापतको दश हजार रुपैँया हस्तान्तरण गरेको छ । कोरोना संक्रमण भएका सुनसरीका २० जना पत्रकारहरुलाई घरमै गएर दश हजार रुपैँयाको दरले हस्तान्तरण गरिएको हो । युनियनका अध्यक्ष पवन अधिकारीका अनुसार यसअघि ...
धरान: प्रदेश नं १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्री कार्कीलाई हिजो पुनः गरिएको पिसिआर परिक्षणमा संक्रमण पुष्टि भएको हो । मन्त्री कार्कीले आफ्नो फेसबुक पेजमार्फत संक्रमण भएको सार्वजनिक गरेका हुन् । यसअघि पनि कन्ट्याक ट्रेसिङको आधारमा असोज ...
धरान: प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारीले वडा दशैंको अवसरमा शुभकामना व्यक्त गरेका छन् । सभामुख भण्डारीले आज शुभकामना सन्देश जारी गर्दै वडा दशैंले नेपालीहरुमा राष्ट्रिय एकता र मानवीय सद्भाव जागृत गर्ने उल्लेख गरेका छन् । साथै सकारात्मक सोचसहित पारस्पारिक सद्भाव, भातृत्व, सहकार्य, एक अर्का प्रति ...
धरान: लामो समयपछि बसेको धरान उपमहानगरपालिकाको कार्यपालिका बैठकले खानेपानी संस्थानलाई कार्तिक २६ गते खानेपानी व्यवस्थापन बोर्डमा मर्ज गर्ने निर्णय गरेको छ । कार्तिक २६ गते औपचारिकरुपमा नै संस्थानलाई बोर्डमा हस्तान्तरण गरि मर्ज गर्ने बैठकले निर्णय गरेको कार्यपालिका सदस्यसमेत रहेका वडा नं १७ का अध्यक् ...
धरान: नेपालीहरुको घर घरमा दशैं आइसक्यो, तर कोरोना कहर यस्तरी बज्रिरहेको छ कि यसपाली दशैं आम नेपालीहरुको लागि भने पीडा बोकेर .आए झैं बनिरहेको छ । चाडपर्व जति नजिकिदै छ, नेपालमा कोरोना संक्रमणको दर र मृत्यु हुनेहरुको संख्या पनि बढ्दो क्रममा छ । धरानमै पनि दिनहुँ सय भन्दा माथिको संख्यामा संक्रमित थपिए ...
धरान: प्रदेश १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले वडा दशैंको शुभकामना व्यक्त गर्दै दशैंमा घरमा नै बसेर प्रविधिको उच्चतम प्रयोग गरि आर्शिवाद ग्रहण गर्न आह्वान गरेका छन् । प्रदेश प्रमुख अधिकारीले आज एक सन्देश जारी गर्दै दशैंसँगै दीपावली, नेपाल सम्बत् ११४१ र छठ पर्वको समेत शुभकामना दिर्दै यस्तो ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित