धरान: नयोङहाङ समाज नेपालको दोस्रो साधारणसभा तथा नयोङहाङ वंशावली २०८१ (दोस्रो संस्करण) विमोचन कार्यक्रम धरानमा सम्पन्न भएको छ ।

गएको शनिबार धरान १० स्थित सैनिक भवनमा सम्पन्न साधारणसभाको अध्यक्षता निवर्तमान केन्द्रीय अध्यक्ष सुरेश नयोङहाङले गरेका थिए भने प्रमुख अतिथि पुर्व मुख्यमन्त्री राजेन्द्र राई रहेका थिए । साधारणसभाको बन्दसत्रबाट २५ सदस्सीय नयोङहाङ समाज नेपाल केन्द्रीय कार्यसमिति सर्वसम्मत रुपमा निर्वाचित भएको छ । 

नवनिवार्चित केन्द्रीय कार्यसमितिको अध्यक्षमा योगेन्द्र कुमार नयोङहाङ, पहिलो उपाध्यक्ष गोपाल नयोङहाङ, दोस्रो उपाध्यक्ष टंक बहादुर नयोङहाङ, तेस्रो उपाध्यक्ष रणशेर नयोङहाङ, चौंथो उपाध्यक्ष भीमतारा नयोङहाङ तेङबुङ, पाचौं उपाध्यक्ष राजु नयोङहाङ, छैटौं उपाध्यक्ष यस कुमार नयोङहाङ र महासचिवमा प्रदिप कुमार नयोङहाङ निवार्चित भएका छन् । यसैगरि, सचिवमा डम्बर बहादुर नयोङहाङ, राम प्रसाद नयोङहाङ, वर्षा सम्बाहाम्फे  नयोङहाङ, नरेन्द्र  नयोङहाङ निवार्चित भएका छन् भने कोषाध्यक्षमा नयन बहादुर नयोङहाङ निवार्चित भएको महासचिव प्रदिपकुमार नयोङहाङले जानकारी दिए ।

यस्तै, कार्यसमिति सदस्यहरुमा सदस्य प्रेम बहादुर नयोङहाङ, योग बहादुर नयोङहाङ, पदमजङ्ग नयोङहाङ, राजेश नयोङहाङ, सुरेश नयोङहाङ, राम प्रसाद नयोङहाङ, जङ्ग बहादुर नयोङहाङ, अनुषा नयोङहाङ (नुमा), राम कुमार नयोङहाङ, योकराज नयोङहाङ, अनिल नयोङहाङ र सपना नयोङहाङ रहेका छन् । बन्दसत्रमा निर्वाचन मण्डल संयोजक डम्बर सिं नयोङहाङ, सदस्य सचिव कमल कुमारी वनेम (असली) र सदस्यमा केवल नयोङहाङ रहेका थिए ।

साधारणसभामा करिब ६ सयको संख्यामा विश्वभरका नयोङहाङ दाजुभाई तथा छोरीचेलीहरुको सहभागिता रहेको समाजले जनाएको छ । साधारणसभामा धनकुटा, ताप्लेजुङ, संखुवासभा, सुनसरी, झापा, मोरङ, इलाम, काठमाडौं र प्रवास भारत लगायत विभिन्न स्थानहरुबाट १४७ जना प्रतिनिधि तथा पर्यवेक्षकहरु सहभागी भएका थिए । 

विश्वभरका नयोङहाङहरुको साझा र विशुद्ध सामाजिक संस्थाको रुपमा यो समाज स्थापित भएको छ । समाजले नयोङहाङहरुको वंशावली प्रथम संस्करण २०६७ र दोस्रो संस्करण २०८१ प्रकाशन गरेको छ भने विश्वभरका नयोङहाङहरुको जनगणना २०७९ पनि सम्पन्न गरिसकेको छ । नयोङहाङ समाजलाई संस्थागत रुपमा सञ्चालन गर्न सशक्त, मजबुत र एकतावद्ध बनाउन संगठन सुदृढीकरण एवम अभिमुखिकरण कार्यक्रमहरु गरेर सिर्जनात्मक योजनाहरु नयाँ कार्यसमितिले तयार गर्ने नवनिवार्चित अध्यक्ष नयोङहाङले प्रतिवद्धता जनाएका छन् ।