धरान: धरान मेघा यु १८ रेवाहाङ मेमोरियल बास्केटवल प्रतियोगितामा आयोजक धरान मेघा च्याम्पियन बनेको छ ।
अत्यन्तै प्रतिस्पर्धात्मक भएको फाइनल खेलमा आयोजक धरान मेघाले होलिल्याण्ड इन्टरनेसनल स्कुललाई थप समयमा ६२-५९ अंकको अन्तरले पराजित च्याम्पियन बनेको हो । निर्धारित समयको खेलमा दुबै टिमले ५५-५५ बराबरी अंक जोडे पछि थप चार मिनट खेल भएको थियो ।
अतिरिक्त समयको खेलमा धरान मेघाले ७-४ अंकको अग्रता लिदै उपाधीमा कब्जा जमायो । निर्धारित समयको प्रत्येक क्वाटरमा धरान मेघा र होलिल्याण्ड्ले १६-८, ४-८, २०-१९ र १५-१० अंक जोडेको थियो ।
फाइनल खेलमा धरान मेघाका प्रशान्त तामाङले उत्कृष्ट प्रर्दशन गर्दै व्यक्तिगत ३३ अंक जोडेका थिए । उपाधीसङ्गै धरान मेघा कलेजले नगद २५ हजार रुपैया, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्यो । उपबिजेता होलिल्याण्ड स्कुलले नगद १२ हजार ५ सय रुपैया, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्यो ।
प्रतियोगिताको मोस्ट भ्यालुएबल प्लेयरको (एमभिपी) उपाधी आयोजक धरान मेघाका प्रशान्त तामाङ घोषित भए । उनले नगद दुई हजार ५ सय, ट्रफी, प्रमाणपत्र र फ्रेन्ड्स सिनेमाको दुइ ओटा फ्री कुपन प्राप्त गरेका छन् । प्रतियोगिताको उदयीमान खेलाडी राइजिङ प्लेयरको उपाधी मेघा कलेजका सिजन गुरुङ्ले प्राप्त गरे । उनले नगद १ हजार, ट्रफी, प्रमाणपत्र र फ्रेन्ड्स सिनेमाको २ वटा फ्री कुपन प्राप्त गरे ।
बिजेता तथा उपबिजेताहरुलाई कार्यक्रमका सभाध्यक्ष धरान मेघा कलेजका अध्यक्ष कैलाश लिम्बू, प्रमुख अतिथी धरान उपमहानगरपालिका उपमेयर अइन्द्र बिक्रम बेघा, सुनसरी बास्केटबल संघका अध्यक्ष नारायण सुवेदी, रेवाहाङ रुछेन्बुङ स्मृती प्रतिष्ठानका अध्यक्ष रेवतिरमन राई, धरान १८ वडा सदाय जमुना त्रीखत्री मोक्तान लगायतले पुरस्कार बितरण गरेका थिए ।
कक्षा १२ सम्मका विद्यार्थीहरुले मात्र सहभागिता हुन पाउने प्रतियोगितामा १४ टिमले सहभागिता जनाएको थियो । धरान हिमालयन मेघा कलेज आयोजक रहेको प्रतियोगितामा सुनसरी बास्केटबल संघ र धरान बास्केटबल संघको सहयोग रहेको थियो ।