धरान: धरान खानेपानी बोर्डमार्फत वितरण भइरहेको पानीमा दिसामा पाइने जीवाणु फिकल कोलिफर्म फेला परेको छ । धरानमा डेंगुको महामारीसँगै आँखा पाक्ने, जीउ चिलाउने जस्ता स्वास्थ्य समस्याहरु देखिएपछि फोहोर पानीको कारण भएको भन्दै जनगुनासो तथा टिकाटिप्पणीहरु भइरहेको थियो । साथै, डेंगु रोग पनि फोहोर पानीको ...
धरान: साउन ५ गते धरान इटहरी सडक खण्डमा पर्ने सेउती पुल नजिकै जंगलमा लुटपाटपछि गोली हानेर हत्या भएको घटनाका २ जना आरोपीहरु पक्राउ परेका छन् । पक्राउ परेकाहरुलाई कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ । साउन ५ गते विराटनगर ५ का २८ वर्षीया रोहित चौधरीको हत्या ...
धरान: भानुचोकस्थित ट्याक्सी स्टेण्डको टिकट काउन्टरलाई सोमबार राती नगर प्रहरीले उठाएर लगेको छ । स्थानान्तरण गर्न उपमहानगरपालिका एवं वडा नं २ को कार्यालयले आग्रह गरेपनि यातायात व्यवसायीहरुले अटेर गरेपछि नगर प्रहरीले राती नै उठाएको हो । नगर प्रहरीले ट्याक्सी स्टेण्डका ४ वटा काउन्टरलाई उठाएर सभागृहमा रा ...
धरान: साविक भेडेटार गाविसका पुर्वजनप्रतिनिधि हुन्, जगत राई । आफ्ना पुर्खाहरु सर्दु जलाधार क्षेत्रमा पर्ने हाल धरान ४ स्थित छोटीमोरङ क्षेत्रमा बसोबास गरेको र जलाधारबाट जर्बजस्ती विस्थापित हुनुपरेको उनको दाबी छ । सर्दु जलाधार क्षेत्रको सट्टाभर्ना नपाएको भन्दै विगतमा सर्वोच्चमा मुद्दा हाल्न ...
धरान: पछिल्लो २ साताको शनिबार मेयर हर्क साम्पाङ नेतृत्वमा धरान वडा नं ४ स्थित छोटीमोरङ डाँडामा वृक्षरोपण भएको थियो । त्यसक्रममा वडा नं १ का पुर्ववडाअध्यक्ष तथा व्यवसायी रोशन अधिकारीसँग मेयर साम्पाङको लफडा भयो । पुर्ववडाध्यक्ष अधिकारीले त्यहाँ होटल सञ्चालन गरेका छन् भने स्काई एडभेञ्चर प्रालिको नामबाट ...
धरान: डेंगु महामारीको कारण प्लेटलेटको माग अत्यधिक भएर वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानस्थित नेपाल रेडक्रस सोसाइटी सुनसरीको ब्लड बैंक (रक्तसञ्चार केन्द्र)मा रगतको अभाव देखिएको छ । डेंगुका विरामीहरुलाई प्लेटलेटको आवश्यकता बढी हुने भएकोले फ्रेस रगतको अभाव भएको ब्लड बैंकका इञ्चार्ज सुवा सिंहले ...
धरान: मुआब्जा पाएर पनि लगतकट्टा नगरिदा भुमाफियाको चंगुलमा परेर किनबेच भएको सर्दु जलाधार क्षेत्र जोगाउन माग गर्दै मेयर हर्क साम्पाङलाई ज्ञापन पत्र बुझाइएको छ । आम सचेत नागरिक धरानको नामबाट बुधबार र्याली निकाल्दै मेयर साम्पाङलाई ज्ञानपत्र समेत बुझाइएको हो । भानुचोकमा भेला भएर कोणसभा गरेपश्चात र्याली उ ...
धरान: हतियारधारी अज्ञात समुहले लुटपाट गरि गोली प्रहार गरेका घाइते युवाको उपचारको क्रममा निधन भएको छ ।वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको आकस्मिक कक्षमा उपचारको क्रममा विराटनगर ५ का २८ बर्षीय रोहित चौधरीको निधन भएको हो । इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक एवं सुचना अधिकृत देउकु ...
धरान: कोशी राजमार्गका धरान इटहरी सडक खण्डमा पर्ने सेउती पुलमा मोटरसाइकलमा सवार युवायुवतीलाई लुटपाट गरि गोली प्रहार भएको छ । अज्ञात समुहको गोली प्रहारबाट विराटनगर घर भएका २८ बर्षीय रोहित चौधरी गम्भीर घाइते भएका छन् । उनीसँगै रहेकी विराटनगरकै सुमना खत्रीको अवस्था सामान्य छ । प्रहरीका अनुसार घटना दिउँस ...
धरान: डेंगुको प्रकोप बढेसँगै धरानमा फलफुलको फ्रेस जुसको मुल्य अत्यधिक बढेको सर्वसाधारण उपभोक्ताहरुले गुनासो गरेका छन्। उपभोक्ताबाट गुनासो आएपछि बिहिबार धरान उपमहानगरपालिकाको एक टोलीले फ्रेस जुस पसलहरुको अनुगमन गरेको छ । उपमहानगरको अनुगमन अधिकृत वेदप्रसाद सापकोटा र नगर प्रहरीको टोलीले जुस पसलहरुको अन ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित