धरान: सहिद स्मृति मावि धरान ८ ले प्रवेश परीक्षा लिएर मात्र प्राविधिक बिषयको भर्ना लिने भएको छ ।विद्यालयले सोमबार पत्रकार सम्मेलन गर्दै यस बर्षको प्राविधिक विषयको भर्ना लिदा प्रवेशिका परिक्षा लिने जानकारी दिएको हो । उक्त विद्यालयमा गत बर्षदेखि कक्षा ९ देखि १२ सम्म प्राविधिक धारको कम्प्युटर इन्जिनियरी ...
धरान: जापानस्थित आवर मार्ट फुनाबासीको प्रथम वार्षिकोत्सबको अवसरमा धरान–१७ मा रहेको सम्यक शिक्षा आधारभूत विद्यालयका विद्यार्थीलाई स्वेटर,जुत्ता तथा शैक्षिक सामग्री वितरण गरिएको छ ।आवर मार्ट फुनावासीका सञ्चालकद्वय सुमित्रा राई र चेत बहादुर थापा मगरले मार्ट सञ्चालन भएको एक वर्ष पूरा भएको अवसरमा पठाएको ...
धरान: अन्तरिक्षमा पठाइने भु–उपग्राह (सेटलाइट)बारे विद्यार्थीहरुले विज्ञान बिषयमा अध्ययन गर्दै आएका छन् । किताबमा मात्र अध्ययन गरिरहेका विद्यार्थीहरुलाई सेटलाइट निर्माण गर्ने र प्रक्षेपण गर्ने तरिका सिकाउन धरानमा बिहिबारदेखि ४ दिने सेटलाइट ट्रेनिङ शुरु भएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका शिक्षक कर्मचारीहरुको आन्दोलनले पठनपाठन ठप्प हुँदा विद्यार्थीहरु मारमा परेका छन् ।प्रतिष्ठानका शिक्षक र कर्मचारीहरू संयुक्त आन्दोलनमा उत्रिएपछि आइतबारदेखि ओपिडी र शैक्षिक क्षेत्रह ठप्प भएको छ। बढुवाको माग लिएर प्रतिष्ठानको शैक्षिक क्षेत्र पुर्णरुपमा ब ...
धरान: धरान १८ स्थित डिपो स्कुलले आफ्नो ६१ औ स्थापना दिवस सोमवार भव्यरुपमा मनाएको छ ।स्थापना दिवसलाई उत्सवको रुपमा मनाउदै आएको डिपोले विद्यालयका उत्कृष्ट छात्रछात्रालाई सम्मान गर्दै छात्रवृत्ति प्रदान गरेको छ। विपि स्वास्थ्य विज्ञान प्रतिष्ठानका शिक्षाध्यक्ष प्राध्यापक डा.सञ्जिव शर्माको प्रमुख आतिथ्य ...
धरान: धरान ८ स्थित सहिद स्मृति माविमा उपमेयर अइन्द्रबिक्रम बेघा नेतृत्वमा भएको अनुगमन पछि शिक्षकका पेसागत संघसंस्था र विद्यालयका प्रध्यानाध्यापकले निकालेको विज्ञप्तीप्रति उपप्रमुखको सचिवालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । उपप्रमुख बेघाको नेतृत्वमा स्कुलमा अनुगमन गर्दा स्थानान्तरण प्रमाणपत् ...
धरान: नेवा च्यारिटि फण्ड अन्तरर्गत धरान रन संस्थाले शनिवार विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेको छ ।धरान रनले भानुचोकस्थित आफ्नै कार्यलयमा कार्यक्रम आयोजना गरि १४ जना विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेको हो । धरान रनले कार्यक्रममा उपस्थित १२ जना विद्यार्थीहरुलाई नेवा च्यारिटि अन्तरर्ग ...
धरान: विद्यार्थीलाई ट्रान्सफर सर्टिफिकेट दिदा ५ हजार लिएको गुनासो आएपछि धरान उपमहानगरपालिकाले धरान ८ स्थित शहिद स्मृति माविमा स्थलगत अनुगमन गरेको छ । उपमेयर एवं अनुगमन समितिका संयोजक अइन्द्रबिक्रम बेघाको नेतृत्वमा शिक्षा महाशाखासहित पुगेको टोलीले मंगलबार अनुगमन गरेको हो । विद्यालयका प्रध्यानाध् ...
धरान: विष्णु मेमोरियल सेकेण्डरी स्कुल धरान ९ ले माया घर नेपाललाई सहयोग गरेको छ । विद्यार्थीहरुलाई असल सँस्कार र असहाय मानवहरुप्रति निःस्वार्थ सेवाभाव जगाउने उद्देश्यले विद्यालयले इटहरी २ स्थित ूमाया घरलाई सहयोग गरेको जनाएको छ । माया घरले असहाय, अशक्त तथा हिंसा पीडित र सडक मानवहरुलाई उद्दार गरेर ...
धरान:एम्स एकेडेमीले विद्यार्थी कुटपिट घटनामा माफी मागेको छ । एकेडेमीले शनिबार साँझ प्रेश विज्ञप्ती जारी गर्दै घटना दुःखद हुनपुगेको र विद्यालय परिवारको गम्भीर ध्यानाकर्षण भएको पनि जनाएको छ । साथै, भविष्यमा यस्ता घटना दोहोरि नदिने प्रतिवद्धता पनि विद्यालयले जनाएको छ । एम्सले विज्ञप्तीमा भनेक ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित