धरान: लकडाउनले बिहान बेलुकी छाक टार्न समस्यामा परेका डेढ सय भन्दा बढी अतिविपन्न परिवारलाई धरानको वडा नं १७ ले राहत विरतण गरेको छ ।

वडा कार्यालयले स्थानीय सरोकारवालाहरुको सहकार्यमा मंगलबार १६८ अतिविपन्न परिवारलाई राहत वितरण गरेको हो । वडा कार्यालयका अनुसार विहान ९ वजेदेखि ११ वजेसम्म १० वटा टेम्पो प्रयोग गरेर राहत वितरण गरिएको थियो । राहत वितरणमा जनप्रतिनीधि, कर्मचारी, स्थानीय स्वयमसेवकहरुको १० टोली परिचालन गरिएको वडाअध्यक्ष सुर्यबहादुर भटराई(मनोज)ले जानकारी दिए ।

अध्यक्ष भट्टराईका अनुसार ३ सदस्य भएको परिवारलाई चालम १० किलो, दाल २ किलो, आलु १ किलो, तेल १ लिटर, न्युटेला २५० ग्राम र नुन १ किलोको दरले वितरण गरिएको थियो । यस्तै, ४ जना वा ४ भन्दा बढी सदस्य भएको परिवारलाई चालम १५ किलो, दाल २ किलो, तेल १ लिटर, न्युटेला २५० गाम, आलु १ केजी र नुन १ केजी वितरण गरिएको पनि अध्यक्ष भट्टराईले जानकारी दिए ।

wada-17, 1