मोरङ: औषधी व्यवसायी तथा ईटहरी उप–महानगरपालिका १२ निवासी ३३ बर्षीय देवीप्रसाद दुलालको हत्यामा संलग्न उनकी पत्नीसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ परेका तीनै जनालाई जिल्ला प्रहरी कार्यालय मोरङले आज(सोमबार) भच्र्युअल पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ । पक्राउ पर्नेहरुमा मृतक दुलाली श्रीमति ३३ बर्षीय मीना श्रेष्ठ दुलाल, उनका प्रेमी सिरहाको लाहान नगरपालिका–११ घर भएका २१ वर्षीय ब्रह्मदेव साह र इटहरी १२ का सोनु साह रहेका छन् । 

मृतक दुलालले बिराटनगर महानगरपालिका १० मधुमारामा देवी पाथीभरा फार्मेसी सञ्चालन गर्दै आएका थिए । उनी जेठ ४ गते आफ्नै कोठामा बेहोस अवस्थामा भेटिएको भन्लदै पत्नी मीनाले उपचारको लागि गोल्डेन अस्पताल लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको बताइएको थियो । तर, अस्पतालका चिकित्सकहरुले उनको मृत्यु अस्वभाविक भएको जनाएपछि जिल्ला प्रहरी कार्यालय मोरङले अनुसन्धान शुरु गरेको थियो ।

प्रहरीका अनुसार दुलालको मृत्युबारे १ नं. प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय मोरङबाट संयुक्त रूपमा टोली अनुसन्धानमा खटिएको थियो । अनुसन्धानको क्रममा प्रहरीले श्रीमतीकै योजनामा दुलालको हत्या भएको खुलेको जनाएको छ । पक्राउ परेका तीनै जनालाई कर्तब्य ज्यान मुद्दा अन्तर्गत थप अनुसन्धान भईरहेको मोरङ प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार ब्रह्मदेव दुलालको औषधी डिलरमा ४ बर्षदेखि काम गर्थे । त्यसक्रममा उनको हिमचिम श्रीमतिसँग बढेको थाह पाएपछि दुलाले उनलाई कामबाट निकालिदिएका थिए । आफूहरुको प्रेममा बाधक बनेको भन्दै आक्रोशित मिना र ब्रह्मदेवले दुलालको हत्या योजना बुनेको प्रहरीको भनाई छ । दुलाल र मीनाको १० वर्ष पहिले प्रेम विवाह भएको थियो । उनीहरुका ८ वर्षका छोरा छन् ।