धरान: धरान १४ की निवार्चित वडा सदस्यसहित तीन जनामाथि भएको आक्रमणको घटनाप्रति नेपाल दलित संघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

संघका अध्यक्ष गणेश परियारले विज्ञप्ती जारी गर्दै घटनाको दोषीलाई कडा भन्दा कडा कार्वाहीको माग पनि गरेका छन् । घट्नाबारे स्थानिय प्रसाशन कसैको दबाव वा प्रभावमा नपरी सत्य तथ्य र निष्पक्ष छानबिन गर्न र पीडितलाई उचित क्षतिपुर्ति सहित न्याय दिलाउन पनि संघले माग गरेको छ । आज आइतबार दिउँसो धरान १४ स्थित बमधारा मार्गमा हालै नामाकरण भएको शिवजी चौकको विषयमा छलफल भएको थियो ।

उक्त सर्वदलीय छलफल पश्चाप केही युवाहरुले हातहतियारसहित नेपाल दलित संघकी धरान उपमहानगर समितिका सदस्य एंव वडाकी जनप्रतिनिधि मनिषा विकसहित अन्यलाई ज्यान मार्ने उद्देश्यले आक्रमण भएको भएको संघले जनाएको छ । उक्त घट्नाप्रति संघको गम्भीर ध्यानाकर्षण र खेद प्रकट गरिएको विज्ञप्तीमा उल्लेख छ । साथै, घाईतेहरूलाई वीपी प्रतिष्ठानको ईमर्जेन्सी कक्षमा गएर मेयर तिलक राई, नेपाली काग्रंस धरान नगर समितिका सचिवद्वय श्याम पोख्रेल, युवराज शंकर, धरान १४ का वडा अध्यक्ष कृष्णप्रसाद भट्टराईसमेतले भेटेर सीघ्र स्वास्थ्यलाभको कामना गरेको पनि विज्ञप्तीमा उल्लेख छ ।