विराटनगर: प्रदेश १ मा आज ४० जना कोरोना संक्रमित थपिएका छन् ।
थपिएका मध्ये मोरंगमा सबैभन्दा बढी २९ जना रहेको छ । यस्तै, सुनसरीमा ६ र झापामा ५ जनामा पनि संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरंगको विराटनगरमा १० महिला र १९ पुरुषमा संक्रमण पुष्टि भएको छ भने सुनसरीको धरानमा १ महिला र २ पुरुष, ईटहरीमा १ महिला र १ पुरुष, बर्जुमा १ पुरुष संक्रमण भएको छ भने झापाको बा¥हदशीमा १ महिला र १ पुरुष, अर्जुनधारा २ र दमकमा १ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या १ हजार ४ सय २३ पुगेको छ ।
यस्तै, प्रदेश १ मा आज ५ जना डिस्चार्ज भएका छन् । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत मोरंगका ३, उदयपुर र सुनसरीका १–१ जना डिस्चार्ज भएका हुन् । प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या ९ सय १५ पुगेको छ । प्रदेश १ मा आज १ हजार १ सय ८ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये १३ महिला र २७ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । हाल सम्म ५३ हजार १ सय ३३ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।