धरानः लामो समय वेलायत बसेर अध्ययनपश्चात नेपाल फर्किएका उमेश भण्डारी घुुम्नमा सौखिन छन् । सन् २०१७ मा नेपाल फर्किएका उनी पहिले देश घुुम्ने योजना बनाए, अनि काम खोज्ने ।
धरान जानकी टोलका उनी नेपाल घुुम्ने धोको वेलायत बस्दै बनाएका थिए । प्रायः एक्लै घुुम्न रुचाउने भएपनि घुुम्ने योजना साथीहरुले थाहा पाएपछि उनको योजनामा साथीहरु मिसिए, र थाले इलामदेखि चितवन पोखराहुँदै हुम्ला, जुम्लाको यात्रा । अनि सके अन्नपुुर्ण सर्किट । ‘घुुम्नुुपर्ने अझै प्रशस्त ठाउँ छन् । तिनको योजना बनाइरहेको थिएँ,’उनले भने,‘कोरोना संक्रमणका कारण लकडाउन शुरु भइगयो । नत्र यति बेला म एभरेष्ट वेस क्याम पुुगेर फर्किसकेको हुन्थेँ ।’
संसारको अग्लो शिखर सगरमाथाको काखमा जाने हुटहुटी उनले धरान नजिकका प्रायः सबै डाँडा चढेर तत्काललाई पुरा गरे । साथमा साइकल लिएर धरान आसपासका सुन्दर गाउँ र डाँडाकाँडा हिँडिरहने भण्डारीले यो ५ महिनाको अवधिलाई एकदमै सृजनशिल बनाएको बताउँछन् । ‘रत्तिभर बोरिङ भएन,’उनले अनुुभव सुनाए,‘स्वास्थ्य सजकता अपनाई बिहान, दिउँसो र साँझको समयमा धेरै ठाउँ पुुगेँ ।’
धरान घर भएपनि उनको कर्मथलो अहिले इटहरी छ । इटहरीको निजी कलेज विश्व आदर्शमा प्राध्यापन गर्ने उनी ओली एण्ड एसोसिएट्स कन्सल्टेन्सी समेत चलाउँछन् । तर, अहिले यी दुुबै संस्था बन्द भएको अवस्थामा उनी फुुर्सद छन् । घरमा पटक्कै मन नअडिने बताउने भण्डारीले छिट्फुुट् साथीहरुको समुहबाहेक प्रायः एक्लै हिँडे ।
कुनै पनि कामको जिम्मेवारी पाएपछि दत्तचित्त भएर फत्ते गरिछाड्ने स्वाभावका उनी साँझ ८ बजेसम्म कार्यालयको कायममा व्यस्त हुन्थे । व्यवस्तताकै बीच समय निस्कियोकी उनको पहिलो रोजाई घुुम्ने नै हुन्छ । व्यस्त समयकाबीच भएको थकान घुुमेरै मेटिने बताउने भण्डारी साहसिक खेलका पारखी हुन् । उनको रोजाई साइकल हो । उनले यो लकडाउन अवधिमा अधिकांश यात्रा साइकलमार्फत गरे ।
उनी एक पटक हिँडेको बाटो दोहोर्याएर हिँड्न मन पराउँदैनन् । त्यसैले नयाँ नयाँ बाटो खोज्ने क्रममा उनले अहिलेसम्म ३० ओटा फरक ठाउँमा पुगे । शिवजट्टा र चिन्डे डाँडामा भने दोहोर्याएरै पुुगेका छन् । फरक ठाउँको मौलिक महत्व पुुगेको गाउँले परिवेश उनको मन लोभ्याउने प्रमुख पाटो हो । गाउँमा निस्फिक्री उडिरहेका चरा, निश्चल हाँसो बोकेर रमाइरहेका बालबालिका, खेतवारीमा व्यस्त भइरहेका मानिसहरु, एकनास बगिरहेको खोलाको आवाज उनी भुुल्ने थप दृष्यहरु हुन् ।
धरान आसापसका यस्ता गाउँहरु कुुनै कुचिकारले बनाएको सुन्दर पेन्टिङमा कतै मसी नलत्पतिएको जस्तो लाग्छ । ‘धरानबाट तल झर्दै इटहरी पुुग्दा गाउँले परिवेश देख्द पाइँदैन । जहाँ गाउँ छन्, त्यहाँ प्लटिङले खेत चिरिएको छ,’उमेश भन्छन्,‘धरान आसपासको ठाउँमा त क्यानभासमा सुन्दर आर्ट भरेजस्तै गाउँहरु छन् ।’
धरानदेखि करिव ५ किलोमिटरको भौगोलिक दुरीमा रहेका यस्ता गाउँले जो कोहीको मन लोभ्याउँछ । हिडेर, साइलक वा मोटरसाइकलमा जान सकिने यस्ता ठाउँ पुुग्दा मानिसले कृषि जीवन बुुझ्ने मौका पाउँछन् । धरान आसपासका गाउँहरुमा विभिन्न जातजातीको बसोबास रहेको हुँदा यस्ता जानजातीको मौलिक पहिचानबारे अध्ययन गर्न एकदमै राम्रो मौका रहेको भण्डारीको अनुुभव छ ।
धरानको पूर्वी साइडका अझै केही गाउँ पुुग्दै बाँकी रहेको बताउने भण्डारीले दशैँ अघिसम्म सबै ठाउँ जाने योजना सुुनाए । विष्णुुपादुुकाको माथिल्लो भेग हुुँदै सुुर्यकुुण्ड पुुग्न बाँकी रहेको बताएका उनले लकडाउन पछिका नियमित सर्ट हाइकिङ रुटमा समय उपलब्ध भएसम्म गइरहने जानकारी दिए । यति धेरै ठाउँ पुगिसकेपछि उनलाई लागेको छ, धेरै चर्चामा आउने ठाउँ भनेको कम राम्रो भएर हो, धेरै मान्छे पुुगेर हो । यी भन्दा पनि सुन्दर ठाउँ त अझै चर्चामा आउ बाँकी नै छन् ।
‘धरान नजिकै यति सुन्दर ठाउँहरु रहेछन् भन्ने पहिलो पटक थाहा पाएँ,’ भण्डारीले भने,‘सर्ट रुटको उच्च सम्भावना रहेका यस्ता सुन्दर गन्तव्यलाई चर्चामा ल्याउन सके घुुम्न आउनेले नयाँनयाँ कुरा त सिक्छन् नै, यी गाउँको मुुहार समेत फेरिने थियो ।’