धरान: नेपाली कांग्रेसका नेता, पुर्वमन्त्री एवं सांसद मीन बहादुर बिश्वकर्मा आज आस्पतालबाट डिस्चार्ज भएका छन् ।

अस्पतालमा ३६ दिनको उपचार पछि सांसद विश्वकर्मा आज डिस्चार्ज भएका हुन् । कोरोना संक्रमणबाट मुक्त हुनुका साथै स्वास्थ्यमा पनि राम्रो सुधार भएकोले चिकित्सकहरुको सल्लाहमा उनी अस्पतालबाट डिस्चार्ज भएका हुन् । कोरोना भाइरस संक्रमण भएपछि सांसद विश्वकर्मालाई कार्तिक ८ गते वीर अस्पतलामा भर्ना गरिएको थियो । त्यसपछि उनलाई थप उपचारको लागी कार्तिक ११ गते काठमाण्डौंको ग्राण्डी अस्पतालमा लगिएको थियो । स्वास्थ्य अवस्था गम्भीर भएपछि उनलाई आइसियुमा राखेर उपचार गर्नुपरेको थियो । सबैको शुभेच्छा तथा स्वास्थ्यकर्मीहरुको अथक प्रयासबाट सांसद विश्वकर्माले पुर्नजन्म पाएको र स्वास्थ्यमा सुधार भएपछि डिस्चार्ज भएको जानकारी टेकबहादुर विश्वकर्माले दिएका छन् ।min-bk