धरान: नेपाली कांग्रेसको देशव्यापी विरोध प्रर्दशनको क्रममा मंसिर २९ गते सुनसरीमा केपी ओली जिन्दाबाद नारा नलगाएको प्रष्ट पारेको छ ।

केही अनलाइन सञ्चारमाध्यमहरुमा कांग्रेसको प्रर्दशनमा ओली जिन्दावादको नारा लगाएको समाचार सम्प्रेषण भएको थियो । उक्त समाचारप्रति सुनसरी कांग्रेसले गम्भिर आपत्ति जनाउंदै कडा निन्दा, घोर भत्र्सना पनि गरेको छ । कांग्रेस सुनसरीका पार्टी सचिव एवम् प्रवक्ता सुजेन्द्र गोले तामाङले एक विज्ञप्ति जारी गर्दै समाचारको भत्र्सना गरेका हुन् ।

वर्तमान नेकपा नेतृत्वको सरकारवाट भएको भ्रष्टचार, अधिनायकवाद, सर्वसत्तावाद र अलोकतान्त्रिक कार्यशैली, कोरोना महामारीमा लाचारीपन देखाएको भन्दै कांग्रेसले सुनसरीसहित देशभरका जिल्लामा विरोध प्रर्दशन गरेको थियो । ओली सरकारको विरुद्ध चर्को विरोध गरिएको प्रष्ट हुंदाहुंदै ओलीको जयजयकार गरेको भनि समाचार संप्रेषण हुनु प्रेस जगतका लागि पनि उचित नभएको विज्ञप्तीमा उल्लेख छ । साथै, सही र सत्य समाचार प्रकाशन गरी प्रेसप्रतिको जनविश्वास कायम राख्न समेत सुझाव दिइएको छ ।