धरान: धरान जेसिजका अध्यक्ष एवं युवा अभियन्ता दिपेन्द्र निरौला नेपाल जेसिजको राष्ट्रिय उपाध्यक्षमा निवार्चित भएका छन् ।
रुपन्देहीको भलवारी जेसिजको आतिथ्यमा सम्पन्न ४७ औं राष्ट्रिय महाधिवेशनबाट निरौला नेपाल जेसिज बषृ २०२१ को राष्ट्रिय उपाध्यक्षमा निवार्चित भएका हुन् । निर्वाचनमा १२ जना राष्ट्रिय उपाध्यक्षको पदमा ३६ जनाले उम्मेदवारी दिएका थिए । निरौलाले खसेको मतमध्ये ६१२ मत पाएर उपाध्यक्षमा निवार्चित भएको निर्वाचन अधिकृत विष्णु वरालले जानकारी दिए । वरालका अनुसार निर्वाचनमा १६०४ मत खसेको थियो । नेपाल जेसिजको राष्ट्रिय अध्यक्षमा चितवनका अरुणेश्वर खनाल विजयी भए । उनले १०५२ मत पाए भने उनका प्रतिद्धन्दी त्रिभुवन नगर जेसिज दाका लालमणी भण्डारी ५५० मत मात्र पाए ।
राष्ट्रिय उपाध्यक्षहरुले नेपालभरका १६१ शाखाहरुलाई समन्वय गर्ने जिम्मेवारी हुन्छ । यसअघि धरानका सन् २०१२ मा विष्णु वराल रााष्ट्रिय उपाध्यक्ष र २०१४ मा कार्यकारिणी उपाध्यक्ष भएका थिए भने त्यसअघि, २००५ मा शिवराज श्रेष्ठ, १९९५ मा मदन कर्माचार्य पनि राष्ट्रिय उपाध्यक्ष भएका थिए । यस्तै, धरानका अग्रज राजविमल श्रेष्ठ नेपाल जेसिजको राष्ट्रिय उपाध्यक्ष मात्र नभएर अन्ताराष्र्टिय उपाध्यक्षसमेत भएका थिए ।
उत्कृष्ट शाखा अध्यक्षको पुरस्कार पनि पाए
राष्ट्रिय उपाध्यक्षमा निवार्चित भएका निरौलाका अनुसार धरान शाखाले पुर्व क्षेत्र क अन्तर्गतका ३९ शाखाहरु मध्येमा उत्कृष्ट शाखा अध्यक्ष पुरस्कार पनि पाएको छ । यस्तै, बर्षभरिको कार्यक्रमहरुमध्ये उत्कृष्ट जेसिज साप्ताह आयोजनाको पुरस्कार पनि उनले थापेका छन् । एक साताअघि मात्र धरान जेसिजले विभिन्न रचनात्मक कार्यक्रमहरु आयोजना गरेर जेसिज सप्ताह मनाएको थियो ।
यस्तै, धरान जेसिजको सिफारिशमा रमेश प्रसाईलाई राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा उत्कृष्ट युवा पुरस्कारबाट सम्मान पनि गरिएको निरौलाले जानकारी दिए । बिशेष कारणवश सम्मानित व्यक्ति प्रसाई कार्यक्रममा सहभागी हुन नसकेपछि उनको सम्मान पत्र र गोल्ड मेडल निरौलाले नै थापेका थिए ।